arrow

देशभर मौसम वदली, काठमाडौंमा भारी वर्षा नहुने

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
ktm-rain-new-aa.jpg.jpeg

काठमाडौं । देशभरको मौसममा वदली आएसंगै केही स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा समेत वदलीले वर्षा भएको छ । भारी वर्षा होइन, यो क्षणिक वर्षा हो, जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमविद् शान्ति कँडेलले भनिन्, ‘बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाले मौसम बदली भएको हो, स्थानीय वायु प्रणालीको सक्रियतको पनि प्रभाव त रहन्छ नै ।’ काठमाडौंमा यत्ति नै पानी पर्छ भन्ने भन्न नसकिएपनि क्षणिक पानी पर्ने तर मौसम वदली एक दुई दिन कायम रहने कंडेलको भनाई छ ।

मध्य तथा सदूर पश्चिममा पूर्ण वदली भएको बताउँदै उनले पानी लगातार नपर्ने र केही छिन रोकिएर फेरि पर्ने सम्भावना भने रहने जानकारी दिइन् । मध्य क्षेत्रको तराईका केही भूभागमा मौसम सफा रहेपनि सुदूर पूर्व र पूर्वी तराईमा पनि मौसम वदली भएको छ ।

यो वदली र वर्षाले गर्मी कम हुने, तापक्रम घट्ने र किसानलाई राहत पुग्ने मौसमविद्हरुको भनाई छ । यो प्रणालीले यसपटकको मनसुन समयमै आउने केही सहयोग पुग्ने विज्ञहरुको विश्वास छ । गत वर्ष भने ढिलो गरी मनसुन सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ