arrow

सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन नभए मान्दैनौं : उपेन्द्र यादव

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
upendra-yadab-new-parsha.jpg.jpeg

पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आगामी मंसिरमा गर्ने भनेको स्थानीय निकायको निर्वाचन संघीय कानुनुअनुरुप हुनुपर्ने बताएका छन् । यादवले यदी त्यसो नभए आफुहरुलाई मान्य नहुने बताए । स्थानीय निकायको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने समेत उनको भनाई छ ।

पर्सामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले प्रान्तको निर्धारण भई सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

यस्तै, यादवले नेपालको राष्ट्रिय हितका आधारमा दुवै मित्र राष्ट्रसँग समान राजनीतिक कूटनीतिक व्यवहार गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकी चुकेको र यसले मुलुकलाई ठूलो नोक्सान हुने यादवको भनाई छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले विगतमा ३६ पटक वार्तामा बस्दा समेत विषय प्रवेश समेत गर्न नसकेको सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नभएको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ