arrow

तुलसीपुरमा जीप र मोटरसाइकल ठोकिदा एकको निधन

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार

दाङ । तुलसीपुर हरिपौरीमा बिपरित दिशाबाट आइरहेको स्कार्पियो जीपले मोटरसाईकललाई टक्कर दिदाँ मोटरसाईकल सवार २० बर्षिय बिजय धितालको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते धितालको राप्ती अञ्चल  अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 मंगलवार विहान कक्षा १२ को परिक्षा सकेर घरतर्फ पर्कदै गरेका धिताललाई अमेलिया सडकखण्डको तुलसीपुर–१२ हरिपौरीमा  रा २ प ८१६ नम्बरको  मोटरसाइकललाई ग २ च १०४४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा सो घटना घटेको हो । उनीसगै मोटरसाइकलमा सवार घोराही २० वर्ष कै मनिष धिताल भने गम्भीर घाइते भएका छन् । उनको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक धिताल प्रेस युनियनका केन्द्रीय सदस्य पत्रकार माधव धितालका सहोदर भाई हुन् ।

स्कार्पियो चालक बिजौरी–४ हेमन्तपुरका यमबहादुर डाँगी पनि गम्भीर घाइते भएका छन् । उनको पनि राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ