arrow

इन्द्रेणीलाई धर्मपरिवर्तनविरुद्धको टोल घोषणा गरिने

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
Dang-hamrakura.jpg.jpeg

घोराही । धर्म परिवर्तन विरुद्धको महाअभियान अन्तर्गत घोराही नगरपालिका ११ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिने भएको छ । हिन्दु जागरण नेपालको अभियान अन्तर्गत दाङ्मा पहिलो पटक यो टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गर्न लागिएको हो । हिन्दु जागरण नेपाल दाङ्का जिल्ला अध्यक्ष यमबहादुर भण्डारीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले भव्य कार्यक्रमका साथ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

जेठ ३ गते हुने धर्म परिवर्तन विरुद्ध टोल घोषणा कार्यक्रमका लागि हिन्दु जागरण नेपालका अध्यक्ष एवं धर्म परिवर्तनविरुद्धका अभियन्ता रामकृष्ण उपाध्याय दाङ आउनुहुने छ । टोल घोषणापूर्व घोराहीमा र्याली निकालिने टोल विकास संस्थाले बताएको छ । जसका लागि बालमन्दिरमा जम्मा भएर बजार परिक्रमा गरि टोलमा घोषणा कार्यक्रम गरिनेछ । घोषणा कार्यक्रम सफल पार्न मंगल चौधरी, गुमानसिंह वली, विजय रेग्मी, डम्मरुप्रसाद नरौला, वुद्धिकला शर्मा, प्रकाश भट्टराई, दोर्ण वली, सरस्वती खड्का, सुमित्रा शर्मा, रुपा वलीलाई प्रचार–प्रसारको जिम्मेवारी दिइएको छ ।

यस्तै, व्यानर तथा र्याली व्यवस्थापनका लागि पूर्ण गुरुङ, गणबहादुर घर्ति, झग्गु आचार्य, चन्द्र विकलाई जिम्मेवारी दिइएको छ । साथै बैठकले हिन्दु जागरण नेपाल दाङका उपाध्यक्ष सानु थापाको ममतामयी आमा भगवती थापाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ