arrow

नागरिकका लागि तीन दरबार खुल्ला

logo
रासस,
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
mandir-pokhara.jpg

काठमाडौं। नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ। कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिनुभएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौडा) छन्।

गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु एक हजार, स्वदेशी नागरिकलाई १०० रुपैंया र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५० रुपैंया, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि ५०० रुपैंया, स्वदेशी नागरिकलाई  ५० रुपैंया र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई  २५ रुपैंया निर्धारण गरिएको उनले जानकारी दिए।

यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि १००, स्वदेशी नागरिकका लागि २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग १० रुपैंया शुल्क निर्धारण गरिएको छ। सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ