arrow

सरकार ढाल्न खोज्नेहरु पानीको फोका फुटे झै फुट्नेछन् : मन्त्री राई

logo
श्याम प्रसाद खतिवडा,
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
sherdhan-rai-dolakha.jpg.jpeg

 दोलखा । सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले सरकारले सार्वजनिक गरेको नीती तथा कार्यक्रम लोकप्रिय भएकाले विपक्षीहरु अतालिएर यसलाई असफल पार्न लागिरहेको बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्न र सरकार ढाल्न खोज्नेहरु पानीका फोका फुटे झै फुट्ने ठोकुवा गरे । मन्त्री राईले संविधान निर्माणपछि  नेपाली कांगे्रसले राष्ट्रलाई धोका दिएको आरोप लगाए ।

विना कारण १६ बुँद्धे सम्झौतालाई लत्याउदै कांगे्रस बाहिर बस्नु उसैका लागि घातक भएको औंल्याउँदै  मन्त्री राईले देश विकास गर्न र संविधानको सफल कार्यान्वयन गर्न नेपाली कांगे्रसलाई वर्तमान सरकारमा सहभागि हुन आग्रह समेत गरे । राईले मधेसी मोर्चालाई संविधानमा टेकेर विचार गर्न समेत आव्हान गर्दै मन्त्रि राईले कहिले संविधान मानेर प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुने कहिले मान्दीन भन्दै आन्दोलन गर्ने द्वैद्व चरित्रबाट माथि उठ्न आग्रह गरे ।  

नाकाबन्दी र भूकम्पको यति ठुलो पीडाकाबीच पनि वर्तमान सरकारले नेपाली जनताको स्वाभिमानमा आँच पुग्न नदिई काम गरेको स्पष्ट पार्दै मन्त्री राईले  छिमेकी देश भारतका अघि चीनसंग गरिएका पारवहन लगायतका महत्वपूर्ण सन्धी सम्झौताले नेपाल भुपरीवेष्ठीत मुलक हुन सफल भएको जिकिर गरे ।  

यता, आदीवासी जनजाती महासंघका केन्द्रिय महासचिव पेम्वा भोटे गुरुङले यो संविधान निमुखा नेपाली नागरिकको पक्षमा बनेकाले यसको सफल कार्यान्वयनका लागि जनजातीहरु लागि पर्ने बताए ।  शासक र शासितबीचको विभेदलाई हामीले अन्त्य गरेका छौ । यो संविद्यानले जातिय क्षेत्रीय रुपमा विभेद गरेको छैन । जानजातीको छोरा, मधेसीको छोरी राष्ट नायक बन्न सक्ने अवस्था छ ,यो सरुवात भएको छ –महासचिव भोटे गुरुङले तर्क गरे । एमाले केन्द्रिय सदस्य एवम दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले  कसैकाविरुद्ध जनजातीको आन्दोलन होइन धर्मको साम्राज्य फैलाउने अतिवादविरुद्ध जनजातीहरु लाग्ने छन् –भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ