arrow

द्वन्द्वपीडितको उजुरीः दाङमा १२०, रोल्पामा २९३

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
trc-logo.jpg.jpeg
तुलसीपुर (दाङ)। दाङ जिल्लाबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन्।
 
स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ ९५ वटा र बेपत्ता छानबिन आयोगतर्फ २५ वटा उजुरी दर्ता भएका छन्।
 
यही वैशाख २ गतेदेखि सुरु गरिएको उजुरी सङ्कलन अभियान आगामी असार २ गतेसम्म जारी रहनेछ। बलात्कार, अपहरण, हत्या, घरध्वस्त, विस्थापन, घाइते, अङ्गभङ्ग, लुटपाट, यातना लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितले उजुरी दिइरहेका छन्।
 
स्थानीय शान्ति समिति दाङमा चार हजार २३९ जना द्वन्द्वपीडितको लगत रहेको छ। सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा सत्यनिरुपण र बेपत्ता आयोग दुबैमा गरी आजसम्म २९३ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ।
 
रोल्पा जिल्लाभर १९ हजारभन्दा बढी द्वन्द्वपीडित भए पनि न्यून सङ्ख्यामा मात्रै उजुरी आएको बताइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ