arrow

सिपी मैनाली पुनः नेकपा मालेका महासचिवमा निर्वाचित

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
cp-mainali-1.jpg.jpeg
काठमाडौँ। नेकपा (माले)को सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएकाछन्।
 
यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो।
 
महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ।
 
त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले जानकारी दिए।
 
पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्नेसमेत उनले जानकारी दिए। स्थायी कमिटी तीन जना, सचिवालय पाँच र पोलिटब्यूरो २५ जना रहने व्यवस्था छ। महाधिवेशनमा ४ सय ९५ प्रतिनिधि सहभागी भएका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ