arrow

बैद्य फर्काउँदै प्रचण्ड

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
dahal-niwas-baithak.jpg.jpeg

काठमाडौँ । एकीकृत माओवादीले विगतमा आफूबाट अलग भएका विभिन्न माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बिहान बसेको स्थायी समितिको बैठकले नेकपा क्रान्तिकारी (माओवादी)लगायत पार्टीसँग एकताको निर्णय गरेको हो ।

एकताका लागि दुबै पार्टीबीच चलिरहेका छलफलका आधारमा एमाओवादीले सो निर्णय गरेको हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका लागि तयार देखिएको छ भने वैद्य समूह निर्णयमा पुगिसकेको छैन ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले सो पार्टीसँग एकताका लागि राजनीतिक, वैचारिक र साङ्गठनिक विषयमा निर्णय गर्न आगामी जेठ १ गते आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरिको जानकारी दिए ।

मोहन बैद्यले समेत जेठ १ गते केन्द्रीय कमिटी बैठक डाकेका छन् । सोही बैठकका कारण मंगलबार बैद्य नेतृत्वको माओवादी संगठन विभाग प्रमुख रामबहादुर थापा समूहको बैठक जेठ १ सम्म कुर्ने भन्दै अनौपचारिक रुपमा सकिएको थियो । एमाओवादीबाट अलग भएका वैद्य, नेत्रविक्रम चन्द, मणि थापा, मात्रृका यादव नेतृत्वमा हाल भिन्दा भिन्दै समूहमा छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ