arrow

म्यान-युको खेलाडी बसमा आक्रमण, वेस्टह्यामका समर्थक निलम्बित हुने

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
WH_Attack1.jpg.jpeg
काठमाडौं। वेष्टह्याम युनाईटेडको घरेलु मैदानमा हुने खेलमा म्यानचेस्टर युनाईटेड ढिलो पुगेको भन्दै वेस्टह्यामका केही समर्थकहरुले युनाईटेडका खेलाडीहरु चढेको बसमा आक्रमण गरेका छन्। 
 
आक्रमणकारीहरुले पानीको बोतलहरु र बियरका क्यानहरुले बसमा आक्रमण गरेका थिए।  बसका सिसाहरु चर्किएका छन्। खेलाडीहरु भने सकुसल रहेका थिए। 
 
युनाईटेडको टोली ४५ मिनेट अबेला गरेर स्टेडियममा आईपुगेको भन्दै आक्रोसित वेस्टह्यामका समर्थकहरुले आक्रोश पोख्ने क्रममा खेलाडी चढेको बसमा आक्रमण गरेका थिए। 
त्यसपछि भएको केलमा वेस्ह्यामले युनाईटेडलाई ३-२ गोलले पराजित गर्दै युनाईटेडको चौथो स्थान भित्र पर्ने सपनालाई केहि पर सारेको छ। 
 
वेस्टह्यामले स्थानिय प्रहरीको सहायतामा आक्रमणकारीहरुलाई पहिचान गरि आजिवन मैदान प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ