arrow

उपेन्द्र यादवले ‘गोलमोटल’ बोलेपछि संचारकर्मी झुक्किए

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख २९ बुधबार
upendra-yadav.jpg.jpeg

 विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गइसकेकाले केन्द्र सरकारले स्थानीय निकायको निर्वाचन गराउन नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहान संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले प्रादेशिक संरचनामा मुलुकलाई नलगेसम्म स्थानीय निकायको निर्वाचन गर्न नमिल्ने बताए ।

अध्यक्ष यादवले, स्थानीय निकायको निर्वाचन प्रादेशिक सरकारको क्षेत्राधिकार भित्रपर्ने भएकाले केन्द्रीय सरकारले क्षेत्रअधिकार तोडेर निर्वाचन गराउन खोजिए संघीयता संकटमा पर्ने बताए ।  यादवले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्दै संविधान पुनःलेखन तथा संघीय संरचानलाई पूर्णता दिएर मात्र स्थानीय निकायको निर्वाचन गर्न मिल्ने प्रष्ट पारे ।

यद्यपि, यादवले मुलुक संघीयतामा गइसकेको बताए पनि संविधान पुनः लेखन गर्नु पर्ने भन्दै संचारकर्मीलाई झुक्याए । यादवले नयाँ संविधानमा रहेको व्यवस्थालाई इंकित गर्दै मुलकु संघीयतामा गएको बताए । तर, सोही संविधानको विरोध गर्दै पुनः लेखन गर्नु पर्ने जिकिर गरे । यसरी यादवको गोलमोटल बोलीले संचाकर्मी झुक्किए । जिब्रो प्रष्ट भएपनि यादवले सरसर्ती भनेनन् । घुमाउरो भाषामा बोले । अध्यक्ष यादवले सरकारले वार्ताका लागि वार्ताका कुनै अर्थ नरहेको भन्दै मधेसी र्मोचाको एजेन्डालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।  

पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले विगतमा सरकारसंग ३६ पटक वार्ता भइसकेकाले मोर्चाको माग सम्बोधन हुने ग्यारेन्टी नभएसम्म वार्तामा वस्नुको कुनै अर्थ नरहने बताए । मोर्चाका मागप्रति सरकारले वेवास्ता गरेका कारण आफुहरु आन्दोलनमा जान वाध्य भएको उनको भनाई छ । अध्यक्ष यादवले जेठ–२ गतेदेखि राजधानी केन्द्रित आन्दोलनको स्वरुप परिवर्तन भएपनि अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ