arrow

विरामीका भगवान्, सरकारले नक्कली डक्टर भनेका सुजितको कथा, ‘मुद्दा मै जित्छु’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ वैशाख २९ बुधबार
doctor-banner.jpg.jpeg
डोटी। नक्कली प्रमाण–पत्रधारी चिकित्सक भएको आरोपमा मुद्दा खेपिरहेका डा.सुजित श्रेष्ठलाई डोटी पुर्वी चौकीकी हरीना बोगटी बिरामीका भगवान् मान्छिन् । सोमवार आफ्नो नातीको उपचारका लागि डोटी अस्पताल पुगेकी हरिनाले डा. सुजितलाई खोजिन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले उनलाई नक्कली डाक्टर भएको आरोपमा प्रहरीले पक्राउ गरेको भन्दा उनले विश्वासै गरिनन् ।
 
आफु सिकिस्त विरामी भएर अस्पताल आउँदा डा.सुजितले सम्झाएको र उपचार गरेको कुरा सम्झदै हरिना भन्छिन् ‘यस्तो त नुहुन पर्ने हो ।’ डा.सुजित डोटी र आसपासका जिल्लावासी अधिकांशले चिनेको नाम हो । चिनेको नाम मात्रै होइन, सम्मान गरेको, माया गरेको, आशा गरेको नाम पनि सुजित नै हो । तर, तीनै व्यक्ति एक महिना बढी थुनिए । उनलाई नक्कली डाक्टर भएको आरोप लाग्यो । 
 
२०४१ सालमा काठमाडौंको भानुभक्त मेमोरियल विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सुजितलाई उनका बुबाको डाक्टर बनाउने ठुलो रहर थियो । त्यसैले त्रिभुवन विश्वविद्यालयको अस्कल साइन्स क्याम्पसमा उनले आइएस्सी बाइलोजी समूहमा प्रवेश परीक्षा दिए र सफल पनि भए । आइएस्सी उत्तीर्ण पनि भए उनी तर विशिष्ठ श्रेणीमा उत्तीर्ण हुन सकेनन् । उनी भन्छन् ‘परिवारको आर्थिक अवस्था कमजोर थियो, शुल्क तिरेर एमबीबीएस गर्न सक्ने अवस्था थिएन, प्रथम श्रेणीले मात्रै छात्रवृत्ति पाउन सक्ने अवस्था भएन, त्यसैले मैले पढाई गर्न सकिन ।’ 
 
तर, उनको मेडिकल पेशाप्रतिको रुची मरेन । उनी बुबाको साथीको फार्मेसी पसलमा गएर काम गर्न थाले । उनले  फार्मेसी सम्बन्धि तालिम लिएर आफै फार्मेसी व्यवसाय सुरु गरे । विस्तारै उनले काठमाडौंको थानकोटमा साथीहरुसंग मिलेर पोलीक्लिनिक पनि सञ्चालन गरे । आफैले सुरु गरेको पोलीक्लिनिकमा स्वास्थ्यकर्मीहरुले गरेको व्यवहारप्रति उनलाई निकै आक्रोस आउथ्यो । 
 
‘उनीहरुले विरामीहरुप्रति गरेको व्यवहार मलाई मन नपर्ने, हप्काउने, गाली गर्ने, ठाडो भाषा प्रयोग गर्ने गर्थे’ सुजित भन्छन् ‘आफै एमबीबीएस गर्छु र विरामीको सेवा गर्छु भन्ने सोचेर पढ्ने योजना बनाए ।’ २०६९ सालमा एमबीबीएस गरी नेपाल मेडिकल काउन्सिलबाट लिइने परीक्षा पनि उत्तीर्ण गरे उनले । दुर्गममा गएर सेवा गर्ने ईच्छा जाग्यो उनलाई । उनी भोजपुर गएर काम गर्न थाले । भोजपुरमा बस्दा उनले निक साइमन भन्ने संस्थाको विषयमा जानकारी पाए । उक्त संस्थाको उद्देश्यबाट प्रेरित भई उनले आफुपनि काम गर्ने ईच्छा जाहेर गरे । 
 
निक साइमनले उनीलाई २०७० साल भदौमा डोटी अस्पताल पठायो । दुई वर्षका लागि डोटी आएका सुजित २०७२ असारमा मसान्तमा जानु पर्ने थियो तर, डोटीका सञ्चारकर्मी, नागरिक समाजले उनलाई यतै बस्न आग्रह ग¥यो । उनी एक वर्षका लागि फेरी रोकिए । 
 
आउदो असारसम्म उनी डोटीमै बस्थे तर उनलाई फागुन २० गते नै प्रहरीले थुनामा राख्यो । उनलाई चिकित्सकको प्रमाण पत्र दिने नेपाल मेडिकल काउन्सिलले उनको प्रविणता प्रमाण पत्र तह (आइएस्सी) को शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भन्दै प्रहरीलाई खवर ग¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । 
 
अहिले उनी ३१ लाख धरौटीमा रिहा भएका छन् । मुद्दा अहिले पनि चलिरहेको छ । त्रिभुवन विश्वविद्यालयले गरेको विद्युतीय अभिलेखमा उनको प्रमाण पत्र भेटिदैन । डा. सुजित भन्छन् ‘मसंग त्यतिबेला परीक्षा दिएका प्रवेश पत्र समेत सुरक्षित छन्, त्यसैले मलाई यो मुद्दा म जित्छु भन्ने पूर्ण विश्वास छ ।’ 
डा.सुजित साँचो बोन्दैछन् या झुटा त्यो त न्यायालयले फैसला गर्ला नै । तर, डोटी बस्दासम्म उनी बिरामीका भने प्रिय नै रहे । उनले बिरामीको राम्रो सेवा गरे । डोटी अस्पतालमा आउने बिरामीहरुले अहिले पनि कि त डा. सृजना गौचनको खोजी गर्छन् कि डा. सुजितको । त्यसो त अस्पतालमा रहेका अन्य चिकित्सकहरु पनि कम अनुभवी छैनन् । उनीहरु  बिरामीहरुप्रति लगनशील भएर सेवा दिइरहेका छन् तर यति लामो समय बसेर काम गरेका भएर होला सृजना र सुजितलाई सवैले बुझ्ने र चिन्ने अवसर पाए । 
 
छोरीको उपचारका लागि डोटी अस्पताल पुगेका डोटी दिपायल सिलगढी नगरपालिका–२ का मुकुन्द राना भन्छन् ‘प्रमाण पत्र नक्कली हो कि सक्कली हो भन्ने कुरा त हामीलाई थाह भएन तर उहाँले दिएको सेवा भने सक्कलीनै थियो ।’ विरामीसंगको व्यवहार, उनको खटाई आदिले गर्दा उनी एक ईमानदार पेशाकर्मी हुन् भन्ने आफुलाई लागेको उनी बताउँछन् । 
 
यस्तै, डोटी धिर्कामाण्डौंका टेक बोहरा भन्छन् ‘उहाँले विरामीको धेरै ख्याल गर्नु हुन्थ्यो, उहाँको व्यवहार, जिम्मेवारीपन हेर्दा त उहाँ नक्कली प्रमाणपत्र–धारी नहुनु पर्ने हो ।’ यस्तै, पचनाली गाविस–६ का शेरबहादुर मल्ल पनि डा.सुजितले दिएको सेवाको प्रसंशा गर्छन् । उनी भन्छन् ‘व्यवहार र जिम्मेवारीका हिसावले हेर्दा उहाँको त्यस्तो होला भन्ने सोच्नै सकिन्न ।’
 
डोटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि डा.सुजित राम्रो व्यक्ति भएको बताउँछन् । स्वास्थ्यकर्मीहरुसंग पनि उनी मिलनसार रहेको उनीहरुको भनाई छ । ‘कुनै विरामीको कुरुवा नआएको भए उहाँ आफै विरामीका लागि खाना ल्याइदिनु हुन्थ्यो’ एक स्वास्थ्यकर्मीले भनिन्् ‘धेरै खट्नु हुन्थ्यो बिरामीका लागि ।’ डोटीमा बस्दा डा.सुजितले जटिल प्रसुति सेवा, शल्यक्रिया सेवा, बहिरंग सेवा, आपतकालीन सेवा लगायतका सेवा दिएका थिएका थिए । 
 
विरामीको नजरमा उनी भगवान् भएपनि कानुनको नजरमा अहिले अभियुक्त भएका छन् । उनी आफु सही छन वा उनलाई लागेको आरोप प्रमाणित भएर उनी अपराधी हुने यो हेर्न भने मुद्दा फैसला हुँदासम्म कुर्नु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ