arrow

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिन्छः उपप्रधानमन्त्री मैनाली

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
cp-mainali.JPG.jpeg
काठमाडौ। उपप्रधान तथा महिला बालवालिका एवम समाज कल्याणमन्त्री सीपी मैनालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुवीच कुराकानी भएको बताएका छन। साक्षात्कारमा उनले भने,‘ प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने कुरा गठबन्धनमा भएको छ। यो असम्भव र अनुचित कुरा होईन। उपयूक्त समयमा यस्तो गर्न सकिन्छ।’
 
यद्यपि उपप्रधानमन्त्री मैनालीले नाकाबन्दी जस्तो अप्ठ्यारो परिस्थिति यो सरकारले दृढतापूर्वक उभिएर समस्या समाधानको दिशामा आफूलाई अघि बढाएकोले अहिले नै सरकार बदल्नु उचित नभएको तर्क गरे। साक्षात्कारमा उनले भने,‘ नाकाबन्दी हुनुको कारणको बोक्रा मात्रै अहिले समाधान भएको छ। भित्री गुदी कुरा अझै समाधान भएको छैन। समस्याको गुदि हल नहुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको विकल्प सोच्नु हुन्न।’
 
उपप्रधानमन्त्री मैनालीले मुलुकमा फेरि अर्को अस्थिरता ल्याउने प्रयास भईरहेकोले सरकार परिवर्तनमा लाग्नु आवश्यक नभएकोले यसैलाई दृढतापूर्व अघि बढाउनु पर्ने तर्क गर्दै सत्तारुढ गठबन्धन तोड्नु भन्दा पनि अहिले कमजोरीहरु सच्याएर चुस्त बनाएर अघि बढाउनु पर्नेमा जोड दिए। पछिल्लो समयमा एमाओवादीका आशंका हटाएर गठबन्धनलाई सुदृढ बनाएको दावी गर्दै अहिले प्रतिपक्ष विनाको सरकार आवश्यक नरहेको तर्क गरे ।
 
भारतको पछिल्लो गतिविधीबाट आफूहरु सन्तुष्ट नरहेको बताएपनि उपप्रधानमन्त्री मैनालीले नेपालको भुराजनीति अवस्थाका कारण नेपाल कसैको दलाल भएर र कसैसँग दुस्मनी गरेर टिकिरहन सक्ने अवस्था नरहेकोले असंलग्नता र तटस्थताको नीति लिएर समदुरीमा सम्बन्ध राख्नु पर्ने धारणा राखे । 
उनले भने,‘ भारत र चीनसँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्छ । हामी कुनै पनि देशको हस्तक्षेप स्विकार्दैनौ । नेपाल स्वतन्त्र रहनु पर्छ । भारत र चीनको दलाल वा दुस्मन भएर केही गर्न सकिदैन । भारत र चीनको सुरक्षा विरोधी काम हामी धान्न सक्दैनौ ।’
 
मैनालीले नेपालको विकास र सुरक्षाकोलागि तराई तराई वा हिमाल हिमालको प्रदेश बनाउनु उपयूक्त नहुने भन्दै नेपालको सुरक्षामा आएका खतराका ईतिहास राखेर मधेसी मोर्चाहरुसँग गंभिर छलफल गरेर मुलुकको समस्या समाधान गर्नु पर्ने बताए । उनले भने,‘ अब भाषणबाजी मात्रै गरेर हुँदैन, ईतिहास, भुराजनीतिक जटिलतालाई होरेर गर्नु पर्छ । उच्चस्तरीय राजनीतिक समितिमा सबै आउनु पर्छ । हिजो कस्ले के लेखे भन्ने भन्दा पनि अब के गर्ने भन्ने कुरामा छलफल गर्नु पर्छ ।’
 
पार्टीको हालै सम्पन्न महाधिवेशनले माक्र्सबादसँगै नेपाल चिन्तनको सिद्धान्त जोडिएको भन्दै मैनालीले नेपाल चिन्तनले नेपालको सार्वभौमसत्ता, स्वाधिनता र भुराजनीतिक जटिलतालाई महत्व दिने बताए।  उनले अरु दलले माक्र्सबादको छाडा प्रयोग गर्दा समस्या आएको भन्दै नेपाल चिन्ततले तटस्थ र असंलग्न भएर समदुरीमा सम्बन्ध कायम राखेर नेपालको स्वतन्त्रता अक्षुण राख्ने कुरा गर्ने स्पष्ट पारे। 
 
मैनालीले पार्टीले २०७० सालमै पार्टी एकता गर्ने निर्णय गरेको जानकार िदिदै अहिले बामसहकार्य गर्दै मुल विषयमासहमति भएपछि एमाले, एमाओवादी वा अरु कुनै बामपन्थी दलसँग पनि एकता गर्न सकिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ