arrow

भूकम्पले वैशाख २९ लाई नि सम्झायो, गोरखा र धादिङमा पराकम्पन

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
parakampan-new.jpeg.jpeg
काठमाडौं । गएको वैशाख १२ गते गएको गोरखा भूकम्पको एक वर्ष पूरा भइसकेको छ । यस्तै, वैशाख २९ मंगलबारको पराकम्पनकाे समेत एक वर्ष पूरा भएको छ । साे पराकम्पनले समेत मानवीय तथा भौतिक क्षती गरेको थियो । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको पराकम्पनले वैशाख १२ को भूकम्पले चर्किका संरचना भत्काएको थियो ।
 
वैशाख १२ मा गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प र २९ को पराकम्पनको चपेटामा परी ८ हजार बढीको निधन भएको थियो । यस्तै, वैशाख १३ को भूकम्प लगत्तै आएका शक्तिशाली पराकम्पनले समेत केही मानविय क्षति भएको थियो । गोरखा भूकम्प र त्यसपछिका पराकम्पनले ९ हजार बढीको निधन भयो भने, २३ हजारबढी घाइते भए ।
 
यसैबीच, वुधबार गोरखाको ताप्ले नजिकै केन्द्रविन्दु भएर आएको ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनले वैशाख २९ को पराकम्पनलाई सम्झाएको छ । दिउँसो २ बजेर ३७ मिनेट जाँदा पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि, बिहान धादिङको मार्पाक गाविस नजिकै केन्द्रविन्दु भएर ४.४ को पराकम्पन आएको थियो । भूकम्प मापन केन्द्रले पराकम्पन आउने क्रम पहिलेको तुलनामा केही कम भएपनि अझै दैनिक साना–साना ३० बढी पराकम्पन आउने गरेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ