arrow

दाङमा माओवादीले बनाएको बम सेनाले गर्‍यो निष्क्रिय

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
bomb.jpg.jpeg
दाङ। दाङको स्यूजा गाबिस भवनमा फेला परेको वमलाई नेपाली सेनाले निष्कृय पारेको छ। गाबिसको वडा नम्बर ४ वोझपोखरामा रहेको गाबिस भवनको एउटा कोठामा फेला परेको १५ वटा सकेट वम र वनाउन सिकाउने क्रममा तयार पारिएको नमुना २ वटा गरि १७ वटा बमलाई बुधबार नेपाली सेनाले निष्कृय पारेको हो।
 
नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरबाट गएको डिष्पोजल टोलीले बमलाई निष्कृय पारेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए। अतिरिक्त हुलाक कार्यालय सञ्चालन हुदै आएको गाबिस भवनको उक्त कोठमा खानेपानी कार्यालयका पाईपहरु सँगै रहेको सामानमा उक्त बम मंगलबार फेला परेको थियो। कोठामा अरु सामान राख्ने क्रममा टिनको बाकस भित्र बम फेला परेको थियो। 
 
द्धन्द्धको समयमा उक्त कोठा माओबादीले प्रयोग गरेको र सोही क्रममा बम र अन्य कागजपत्र सँगै व्यानरहरु छोडेको हुन सक्न प्रहरीले बताएको छ। बम सहित गाउँ जनसरकार लेखिएका ३ वटा फाईल र ८ वटा व्यानरहरु फेला परेको प्रहरी प्रमुख कडायतले जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ