arrow

सिन्धुलीमा हजारौं हेक्टर बन अतिक्रमण

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। पछिल्लो समय जिल्लामा सार्वजनिक जग्गा र बन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ। जिल्लामा हजारौं हेक्टर बनक्षेत्र अतिक्रमण भएको जनाइएको छ। 
 
जिल्लामा बनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर रहेपनि पछिल्लो समय बन फडानी गर्ने क्रम वढ्दै गएपछि क्षेत्रफल क्रमश घट्दै गएको छ। जिल्लाका विभिन्न् स्थानमा १० हजार हेक्टर भन्दा बढी जंगल फडानी गरेर बस्ती बसेको र विभिन्न् कारणले २० हजार भन्दा वढी हेक्टर बन क्षेत्र विनास भएको जिल्ला बन कार्यालय सिन्धुलीले जनाएको छ। 
 
सार्वजनिक रुपमा रहेका ऐलानी जग्गाहरु अतिक्रमण गरी घरटहरा बनाउने क्रम पनि पछिल्लो समयमा बढ्दै गएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी बजारको विस्तार गर्ने र स्थानीय स्तरमा रहेका विद्यालय तथा क्याम्पसहरुले त्यसको भाडा लिने गरेको समेत पाइएको जिल्ला बन कार्यालय सिन्धुलीका प्रमुख नविन गीरीले बताए। 
 
अधिकांश अतिक्रमित क्षेत्रमा जंगल फडानी गरेर ठूला–ठूला बस्ती बसालिएकाले राज्यलाई खाली गर्न समेत समस्या उपत्नन् भएको छ। अतिक्रमित क्षेत्रमा बिजुली, पानी, टेलिफोनजस्ता सार्वजनिक सुविधा पुगेका छन। सडक र विद्यालय जस्ता भौतिक पूर्वाधार निर्माण भएका छन। सार्वजनिक सुविधा र भौतिक पूर्वाधार निर्माण भइसकेको र सरकारको बनसंरक्षण गर्ने गतिलो निति र राजनैतिक दलहरुको प्रतिबद्धता नहुदा वन अतिक्रमणको समस्यालाई निराकरण गर्न नसकिएको कार्यालय प्रमुख गीरीको भनाई छ।  
 
जिल्लामा अस्थायी र स्थायी दुवै प्रयोगका लागि वन अतिक्रमण भएको छ। बढ्दो जनसंख्या, विकास र सहरीकरण सँगै वनक्षेत्र अतिक्रमण हुने क्रम पनि निक्कै बढेको छ भने पर्याप्त मात्रामा बनरक्षकको संख्या नहुँदा पनि बन र सार्वजनिक जग्गाको अतिक्रमण क्रम बढ्दै गएको छ। धेरैजसो अतिक्रमित क्षेत्रमा स्थायी बसोवास छ।
 
मुख्य गरी कमलामाई नगरपालिका, पुर्वी कमलाखोज क्षेत्रको चुरे जंगल र पश्चिम मरिण क्षेत्रको चुरे जंगल अतिक्रमण भएको अवस्था छ।
 
राजनैतिक दलहरुको संरक्षण, स्थानीयको मिलेमतो, पुरानो अतिक्रमण र स्थायी खालका बसोवास भएकाले तत्काल अतिक्रमण क्षेत्र खाली गराउन सक्ने अवस्था देखिदैन।
 
राजनैतिक पहुँचका आधारमा वन अतिक्रमण भएकाले जिल्लाको अतिक्रमित वन क्षेत्र खाली गराउन पनि केन्द्रले नै बलियो नीति बनाउनुपर्ने र राजनैतिक दलहरुले बनक्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गर्नुपर्ने जिल्ला बन कार्यालय सिन्धुलीको धारणा छ।
 
जुनार, जंगल र जडिबुटीको धनी जिल्लाको रुपमा रहेको सिन्धुली यहि स्तरका बनक्षेत्रको अतिक्रमण बढ्दै जाने हो भने धारासायी बन्दै जाने स्थानीय दिपक मिश्र बताउछन।
 
सामुदायीक बन समुहहरु पनि जंगलको सरंक्षण र विकास गर्ने कुरामा भन्दा काठ काट्ने काममा मात्रै अगाडि रहेको बारम्बार गुनासाहरु आउने गरेका छन। जिल्ला बन कार्यालयको भुमीका समेत कमजोर रहेको सरोकारवालाहरु बताउछन।
 
उता बन कार्यालय भने पछिल्लो वर्षमात्र बनजंगल अतिक्रमण गर्ने २ दर्जनलाई कानुन अनुसार कार्वाहीको दायरामा ल्याएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ