सर्वोच्चको मुद्दा किनारा नलागी ‘फास्ट्रयाक’ बनाउने निर्णय गर्नु मुर्खता : शेखर कोइराला
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
1.8k
Shares
पाँचथर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले निजगढ फास्ट्रयाक राज्यले आफैं बनाउने गरको निर्णयप्रति आपत्ति जनाएका छन् । पाँचथरको फिदिममा नेपाल शिक्षक संघ पाँचथरको २७औं स्थापना दिवश तथा सम्मान कार्यक्रममा कोइरालाले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको सो मुद्दा किनारा नलागई राज्यले आफै बनाउनु गलत र मुर्खता भएको टिप्पणी गरे ।
अहिलको नीती तथा कार्यक्रम सुन्दा राम्रो लागेपनि त्यो व्यवहारमा कार्यान्वयन गर्न नसकिने किसिमको रहेको डा.कोइरालाले बताए । उनले नेपाली कांग्रेस अहिले पनि ‘वाच डग’को भूमिका निर्वाह गर्दे सशक्त प्रतिपक्षमा वसिरहेको र आवश्यक परेको बेला सरकारमा जान सक्ने उल्लेख गरे । कोइरालाले एमाले र एमाओवादीबीच भएको ९ बुँदे समझदारीलाई नौटंकी भनेका छन् ।