arrow

बाजुरामा तीन वर्षपछि न्याय पायो सुरक्षित गृहले, नागरिकले कहिले पाउलान् न्याय ?

logo
प्रेम रौले,
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Save-Home-new.jpg.jpeg

बाजुरा ।  हिंसा पीडितका महिला र बालबालिकाका लागि बनाएको सुरक्षित गृहको ३ वर्ष पछि उद्घाटन भएको छ । सो भवनको उद्घाटन जिल्ला न्यायधिश हेम बहादुर सेनले गरेका हुन् । जिल्लामा महिला र बालबालिकाहरुलाई दिनानु दिन हरेक प्रकारका हिंसा हुने तर जिल्लामा संरक्षित हुन स्थान अभाव भएकाले सो भवन निर्माण गरिएको बताइएको छ ।

आर्थिक वर्ष २०६९ को विनियोजित बालबालिका र महिलाको लक्षित बजेटबाट सो भवन निर्माण गरिएको महिला तथा बालबालिका कार्यालय बाजुराले जनाएको छ । भवन निर्माणको लागि १२  लाख खर्च गरिएको भएपनि हाल सम्म प्रयोग हुन सकेको थिएन । हिंसामा परेका महिला तथा बालबालिकाहरु महिला तथा बालबालिका कार्यालय बाजुराले भाडामा लिएको घरमा संरक्षण दिइरहेको थियो ।

जिल्ला विकास समिति बाजुराको महिला तथा बालबालिका लक्षित बजेट र महिलाहरुको श्रमदानबाट सो भवन निर्माणका गरिएको बाल अधिकार मंचका अध्यक्ष मुकुन्दप्रसाद जैशीले बताए । जिल्ला विकास समिति बाजुराबाट महिला तथा बालबालिका सुरक्षित गृहको लागि २ लाख विनियोजन भई पेश्की समेत दिएको भएपनि हालसम्म पेश्की फछ्यौट नभएको जिल्ला विकास समिति बाजुराले जनाएको छ  । सुरक्षित गृहमा हाल सम्म २ वटा खटिया र एक जोर ओछ्याउने देखिएको छ  ।

जिल्ला विकास समिति बाजुराको ०६९–०७०को लक्षित महिला तथा बालबालिकाको १२ लाख बजेट छुट्याई दोहोरो सम्झौता सोही बजेट अनुसार भएपनि सो रकम नपाएको महिला अधिकार मंच बाजजुराकी अध्यक्ष रुक्मणी शाहले बताइन् । उनले सुरक्षित गृहको १२ लाख मध्ये २ लाख हिनामिना भएको आरोप लगाइन् । १२ लाख मध्ये १० लाख रुपैंया भुक्तानी भएको उनले जानकारी दिइन् ।

यता, जिल्ला विकास समिति बाजुराले भने १२ लाखको कुनै सम्झौता नभएको र १० लाख रुपैंया अनुदान कोषबाट छुट्याइएको र जिविसलाई आरोप लगाउनु नै गैर जिम्मेवार हुने बताएको छ । आगामी दिनमा गैर जिम्मेवार कुरा नगर्न जिल्ला विकास समिति बाजुराले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ