arrow

प्रधानमन्त्री ओलीको नाममा बीरगञ्जमा क्यालको अवैध कारोवार; प्रशासननै संरक्षक

logo
दीपेन्द्र चौहान।
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
k.p.-oli-and-satya-narayan-kyal.jpg.jpeg
वीरगंज । बैशाख २८ गते बेलुका ५:३० बजे टि.एम.टी. छड वोकेको BR25A 0966 को माल वाहक ट्रक नारायणी रोलिङ्ग मिल्स जितपुर मा अनलोड गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरेर विना कारवाही छाडेको छ । वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुलाल चाचानले चाचान इम्पेक्सको नाउमा भारतबाट आयात गरेको रु ३५ लाख वराबरको टि.एम.टी. छड वोकेको ट्रक मंगलवार अचानक गायब भए पछि बुधवार जिल्ला प्रहरी कार्यालय पर्सा र अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक नारायण सिंह खडकालाई खोजिदिन आग्रह गरियो ।
 
भारतीय ट्रक गायब भए पछि सम्बन्धित पक्ष र प्रहरीले तदरुकताका साथ खोजी शुरु गरे पछि सो ट्रक मगंलबार राती नै नारायणी रोलिङ्ग मिलमा राखेको र त्यहाँका मेनेजरले आफुले मगाउदै न मगाएको सामान फिर्ता गर्नु पर्नेमा त्यसो नगरी ट्रक र सामान दुई दिन त्यही राखी विहीबार ट्रकबाट सामान अनलोड गरी रहेको बखत प्रहरीले ड्राइभर, खलासी र नारायणी रोलिङ्ग मिलका कर्मचारी शैलेन्द्र खयरगोलिलाई प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा दिनको १० बजे ल्याएको थियो । 
 
नारायणी रोलिङ्ग मिलका मालिक सत्यनारायण क्याल वीरगंजमा विवादस्पद व्यापारीका रुपमा चिनिन्छन् । सविधान सभाको निर्वाचन ताका एमालेमा प्रवेश गरेका क्यालले आफुलाई प्रधानमंत्री केपी ओलिको नजिक भएको प्रभाव देखाउँदै विभिन्न गैरकानुनि धन्धामा संलग्न रहेको जानकारहरु वताउँछन। 
 
दसी प्रमाण सहित प्रहरीले उनको फ्याक्ट्रीबाट मालसामान बरामद गर्दापनि पर्सा प्रहरीले कुनै कारवाही नगरी विहीवार बेलुका छोडनुको पछाडि क्यालको सत्ताको प्रभाव पारेको वीरगंजमा चर्चा छ । केहि वर्ष अगाडी तामा लोड भएको अरुको ट्रक यसै गरी क्यालले आफ्नो फ्याक्ट्रीमा अनलोड गरि गायव गराएको पनि उनीमाथि आरोप लागेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ