arrow

भारतले भन्यो, ‘बौद्ध सम्मेलन र बुद्ध जयन्तीमा उचित सहभागिता हुन्छ’

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
Lumbini_Ind_China.jpg.jpeg

काठमाडौं । छिमेकी भारतले काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा सहभागि हुने औपचारिक जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयले विहिबार गरेको साप्ताहिक पत्रकार सम्मेलनमा बौद्ध सम्मेलनमा सहभागि हुने प्रष्ट पारेको हो ।

विदेश मन्त्रालयलका प्रवक्ता विकास स्वरुपले संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोहमा सहभागि हुने बताएका हुन् । यद्यपि, प्रधानमन्त्री नरेन्द्र मोदी भने सम्मेलनमा सहभागि हुन नसक्ने बताइएको छ । संचारकर्मीले बौद्ध सम्मेलनमा चीनको बढी संलग्नता रहेको भन्दै बहिस्कार गर्ने भनेर भारतीय संचारमाध्यममा आएको विषयलाई उठान गर्दै के भारत सहमागि नहुने नै हो त ? भनेर प्रश्न सोधेका थिए ।

जवाफमा स्वरुपले भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको तत्काल नेपाल भ्रमण गर्ने कुनै योजना छैन । हामीले निमन्त्रणा पाइसकेका छौं, बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह दुबैमा सहभागि हुन्छौं । हामीलाई अनुकुल हुने गरी उचित तहको सहभागिता हुन्छ ।’ यद्यपि, स्वरुपले को सहभागि हुने भन्ने कुरा अहिले नै टुंगो लागि नसकेको बताएका छन् ।  

वुधबार भारतीय संचारमाध्यमले बौद्ध सम्मेलनमा चीनको बढी संलग्नता रहेको र नेपालको संस्कृति मन्त्रालयले बुद्ध जयन्ती समारोहका लागि चीनले दिएको १५ लाख अमेरिकी डलर स्वीकार गरेको आरोप लगाउँदै सम्मेलन र जयन्ती समारोहमा कुनै पनि तहको भ्रमण नहुने समाचार प्रकाशन गरेको थियो ।

सो समाचारमा मुख्य दुई कारण मध्ये नेपालले बौद्ध सम्मेलनको सहायक विषय ‘सव–थीम’ वदलेको असन्तोष समेत उल्लेख थियो । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलन हुने जेठ ६ र ७ (१९–२० मे) को समयमा इरान भ्रमणमा रहने भएकैले समेत सहभागि नहुने जनाइएको थियो ।  

काठमाडौंमा आउँदो जेठ ६ र ७ (१९–२० मे) मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै छ । यस्तै, जेठ ८ गते बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा हुने कार्यक्रम छ ।  संस्कृतिमन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायले सहभागिताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृतिमन्त्री र विहारका मुख्य मन्त्री नितिश कुमारलाई मात्र निम्तो पठाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ