arrow

फेवाताल खुम्चियो माननीय ! ‘यो सरकार उहिल्यै बनेको भए, त्यसलाई उहिल्यै रोक्न सकिन्थ्यो’

ओलीको बोलीले संसदमा हाँसो मच्चियो

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
kp-oli-final-final9.jpg.jpeg

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रकृति संरक्षण्मा दृढ रहेको प्रष्ट्याएका छन् । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा उठेका जिज्ञासाको जवाफ पछि फेरि सांसदहरुले मागेको प्रष्टिकरणमा ओलीले सुरुमै कविताको लयमा प्रकृति संरक्षणबारे उठेको जिज्ञासा जवाफ दिए ।

ओलीले भने, ‘सुरुकै माननीयले कविताको लयमा प्रकृति संरक्षण भएन भन्ने जिज्ञासा राख्नु भो, म उहाँलाई भनौं–प्रकृति संरक्षणमा सरकारको कस्तो ध्यान छ भन्नेमा ढुक्क भए हुन्छ ।’ओलीले फेवाताल कसरी खुम्चीदै गएको छ भन्नेमा सरकार पूर्ण जानकार छ । माथीबाट बगेर थुप्रिएको माटोमा बस्ती बस्ने र अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

ओलीले व्यङग्य गर्दै भने, ‘यो सरकार उहिल्यै बनेको भए, त्यसलाई उहिल्यै रोक्न सकिन्थ्यो, यो सरकार बन्दा ढिलो भइसकेको छ ।’ प्रधानमन्त्रीले यत्ति भन्न नपाउँदै संसदमा हाँसो मच्चियो । केहीबेर सांसदहरु बेसरी हाँसे । ओलीले थपे, ‘अब नियन्त्रण हुन्छ ।’ अर्को प्रसंगमा ओलीले सनातन धर्म संस्कृतिबारे संविधानमा उल्लेख छ तर शब्दावलीमा भ्रम छ –भने । ओलीले भ्रममा पर्नु भएन भन्दै सांसदहरुलाई सु्झाए । 

राजदूत फिर्ता बोलाउँदा कहाँबाट आयो नेपाल–भारत सम्बन्धको कुरा ?
प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको सन्दर्भमान प्रष्ट पार्दै यस विषयमा कसरी नेपाल–भारत सम्बन्धको कुरा आउँछ भन्दै प्रश्न गरे । ओलीले भने, ‘यो नेपालको आन्तरिक मामिला हो, परराष्ट्र सम्बन्धसंग जोड्ने कुरा निरर्थक छ ।’

कामको सजिलोको लागि हामीले आफ्नो राजदूतलाई फिर्ता बोलाएका हौं, ओलीले थपे, ‘यसमा नेपाल–भारत सम्बन्धको कुरा कसरी आयो ? ।’ दीपकुमार जी कांग्रेसको नेता, पूर्वमन्त्री, पूर्व माननीय भइसकेको मान्छे, उहाँले आफ्नो ठाउँबाट सहयोग गर्ने कुराहरु छँदै छन् । ओलीले भनेका छन्, ‘केही विद्धान महानुभावहरुले त झन् परराष्ट्र सम्बन्ध खत्तमै भो भन्नु भो ।’ यसो गर्नुको कुनै तुक छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ