arrow

द्रूतमार्ग बनाउन नेपाल सक्षम छः ओली

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
hetauda-kathmandu-tunnel-highway.jpg.jpeg
काठमाडौं। आगामी एक वर्ष भित्र आधारभूत विजुली उत्पालन गर्ने, दुई वर्ष भित्र चाहिएजति र १० वर्ष भित्र १० हजार मेगावट विद्युत आयात गर्ने आफ्नो नीति तथा कार्यक्रमलाई जसरीपनि पूरा गराई छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। व्यवस्थापिका संसद्मा नीति तथा कार्यक्रमको विक्षयमा उठेका प्रश्नहरूको उत्तर दिँदै प्रधानमन्त्री ओलीले उच्च अंकको आर्थिक वृद्धिदर हहाँसिल गर्नको लागि सरकारले पूर्वाधार विकासको कामलाई महत्वका साथ काम गरिरहेको दाबी पनि उनले गरे। 
 
प्रधानमन्त्री ओलीले आफूले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत भएका जस्तै तराई काठमाडौं द्रूत मार्ग सरकारले नै बनाउन सक्षम रहेको दाबी पनि गरे। व्यवस्थापिका संसद्को विभिन्न समितिहरूले दिएको निर्देशन र सरकार आफैंले गरेको अध्ययनको आधारमा पनि सो विषय विदेशीलाई दिँदा र नेपाली आफैंले बनाउँदा कुन सस्तो पर्छ भन्नेमा अध्ययन गरेर नै सरकार आफैंले बनाउन लागेको दाबी पनि प्रधानमन्त्री ओलीले गरे।
 
उनले हावम पानी तथा जैविक उर्जा उत्पादनबाट १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने कुरा पनि सम्भव रहेको भन्दै ओलीले दलहरूबीच राष्ट्रवादी भावना रहेर सहमति मिल्र्दै जाने हो भने यसको लागि सात वर्ष पनि नलाग्ने पनि उनको दाबी थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ