arrow

ल्यारक्याल लामालाई संसदले समेत निलम्बन गर्‍याे

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
lyarkyar-lama.jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसदले एकिकृत माओवादी सांसद ल्यारक्याल लामालाई निलम्बन गरेको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयो अनुसन्धान आयोगले लामाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको पत्र पठाएको सुनाउँदै लामा मुद्दा किनारा नलागे सम्म पदबाट स्वतः निलम्बन भएको घोषणा गरेकी हुन् ।

अख्तियारले विहिबार मात्रै लामाले गुम्बा विकास समितिमा रहँदा पदको दुरुपयोग गरी आर्थिक हिनामिना गरेको र सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा आरोपत्र दायर गरेको थियो । अख्तियारले दायर गरेको आरोपत्रमा ९ करोड ४४ लाख ७२ हजार एक सय ७९ रुपैंया भिगो माग दावी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ