arrow

बाघ मारेको अभियोगमा १२ वर्ष कैद तोकिएका फरार लालबहादुर पक्राउ

logo
यादव आचार्य,
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
Capture-pakk.JPG.jpeg
बर्दिया । लोपोन्मुख पाटेबाघ मारेको अभियोगमा १२ वर्ष कैद सजाय तोकिएका सुर्खेत हरिहरपुर गाविस वार्ड नं. १ निवासी फरार राजबहादुर भनिने लाल बहादुर विकलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्यूरोले महेन्द्रनगरको बनवासा स्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको छ ।लामो समयको खोजतलास र सुराकी पछि नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरोका डीएसपी प्रविण पोखरेल सहितको टोलीले विकलाई पक्राउ गरेको हो ।
 
चितवन राष्ट्रिय निकुञ्जबाट ५ बर्ष अघि बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छाडिएको नमोवुद्ध नाम दिईएको बाघ ४ महिनामै मारिएको थियो । सोही घटनामा संलग्न सुर्खेत हरिहरपुर निवासी गोविन्द राम शर्मा (भण्डारी), चित्रबहादुर अधिकारी, हरि राना र कर्णबहादुर नेपाली बर्दिया कारागार चलान भएका थिए भने विक फरार रहेका थिए ।
 
बाघ मारी त्यसका अंग खरिद विक्री गर्ने कार्यमा संलग्न रहेको कसुरमा फरार भै पक्राउ परेका  विकलाई बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ क, दफा १९ र दफा २६ (१) वमोजिम १२ वर्ष कैद सजाय तोकिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले वताए । विकलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरी बर्दिया कारागार चलान गरिएको छ ।
 
रेडीयो कलर गरी जीपीएस यन्त्र जडान भएको सो नमोवुद्ध बाघलाई गाईको सिनोमा विष हाली मारिएको थियो । बाघ सम्पर्कमा नआएपछि हाड छाला झिकेको, आन्द्रा भुडी झिकेर फालेको र बाघमा जडान गरिएको स्याटालाईट रेडियोकलर तोडफोड गरी जलाएको अवस्थामा फेला परेको थियो । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ५० वटा वयस्क पाटेबाघ रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ