arrow

एकीकृत राप्रपा निर्माण गर्न जेठ २ गते राजधानीमा बृहद भेला

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
keshar-bahadur.jpg.jpeg
काठमाडौ । विभाजित हुँदै झण्डै आधा दर्जनको संख्यामा पुगेको पूर्वपञ्चहरुको पार्टी राप्रपालाई एकीकृत बनाउने अभियान स्वरुप आगामि जेठ २ गते राजधानीमा बृहद कार्यकर्ता भेलाको आयोजना गरिने भएको छ । 
 
राप्रपा नेपालको साधारण सदस्य समेतबाट निलम्बित गरिएका पूर्व सहअध्यक्ष केशरबहादुर विष्टको संयोजनमा हिन्दु राष्ट्र, संबैधानिक राजतन्त्र र स्वायत्तासहितको केन्द्रीकृत राज्यप्रणालीको पक्षमा रहेका विभिन्न टुक्रामा विभाजित राप्रपाका देशभरीका कार्यकर्ता भेलामा सहभागि हुने शुक्रवार रिपोर्टर्स क्लब नेपालमा एकीकृत राप्रपा निर्माण अभियानले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । 
 
पत्रकार सम्मेलनमा संयोजक विष्टले जेठ २ गते राजधानीको प्रज्ञाभवनमा हुने बृहद भोलमा राप्रपाका बरिष्ठ नेताहरु पशुपति समशेर राणा, डा. प्रकाशचन्द्र लोहनीसहित, राप्रपा, राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर, राप्रपा राष्ट्रबादी सहितका दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने जानकारी दिए । 
 
उनले पूर्वपञ्चहरुमा बाँकी जे भए पनि आफू अध्यक्ष बन्नु पर्ने चरित्रको कारण समस्या देखिएको भन्दै आफूहरुले आयोजना गर्ने भेला अलग पार्टी निर्माण गर्ने भन्दा पनि राप्रपालाई एकीकृत पार्टी बनाएर मुलुकको बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक धारको निर्माण गर्ने उद्देश्यसहित भएको स्पष्ट पारे । उनले भेलामार्फत एकीकृत राप्रपाको महाधिवेशन गरेर महाधिवेशनले चयन गरेको नेताले एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्ने आफूहरुको अभियान भएको बताए । 
 
राप्रपा नेपालका केन्द्रीय सदस्य एवम पूर्व प्रवक्ता विष्णु भट्टराईले आफूहरु हिन्दु राष्ट्र, संबैधानिक राजतन्त्र र स्वायत्त शासनसहितको राज्य प्रणालीकोपक्षमा आफूहरु रहेको भन्दै हिन्दु र राजतन्त्र मान्ने दलले संविधानको सपथ खाएर सरकारमा जानु उपयूक्त नभएको तर्क गरे । 
उनले भने,‘ यो संविधानले राप्रपा नेपालको एजेण्डा स्विकार गरेको छैन । तर उल्टै उत्कृष्ट भनियो । यसले पार्टीको एजेण्डा निकृष्ट छ भनेर प्रमाणित भएको छ । ’
 
राप्रपा अध्यक्ष कमल थापाको दोधारे चरित्रका कारण पार्टीको नीति विपरित केशरबहादुर विष्ट सहितका नेताहरुलाई कारवाही गरिएको भन्दै थापाले ७ लाख मतको अमान गरेको दावी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ