arrow

जातीयतातिर गठबन्धन आन्दोलन : सत्ताधारी एमाओवादी नेता किराती गए काँध मिलाउन

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
gopal-kirati.jpg.jpeg

काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनको आन्दोलनमा सत्तासिन एमाओवादीले जातीय रुपमा समर्थन गरेको छ । संघीय गठबन्धनले शनिवारको जनप्रदर्शन र आइतबारको सिंहदरबार घेराउ कार्यक्रमबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा सत्ताआसिन एमाओवादीका नेता समेत सहभागि भए ।

त्यसरी सहभागि हुने एमाओवादी नेता अरु कोही नभई गोपाल किराती थिए । किराती आफ्नै दल सहभागी सरकारविरुद्धको आन्दोलनलाई सघाउन संघीय गठबन्धनका नेताहरुसंग काँध मिलाउन आएको विषय झट्ट कसैलाई पत्यार लागेन । गठन्धनका शीर्ष नेता बसैकै लाइनमा गमक्क परेर बसेका किरातीको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसंग कुम टाँसिएको थियो ।

एमाओवादी स्थायी समिति सदस्य किरातीलाई आसन ग्रहण नै गराइएको देखेर पत्रकार सम्मेलनमा उपस्थित भएका पत्रकारहरुले समेत आश्चर्य माने । किरातीको सहभागिताले उत्सुक भएका सहभागि र संचारकर्मीहरुको मुखामुख एकैछिनमा हट्यो ।  किराती आफै बोल, ‘नयाँ संविधानले किरात समुदायको माग सम्बोधन नगरेकाले किरात राज्य संघर्ष समितिमार्फत नयाँ राष्ट्रिय एकिरणको आन्दोलनका लागि आएको हुँ ।’ मैले पार्टीको तर्फबाट नभई किरात समुदायको तर्फबाट गठबन्धनलाई साथ दिइरहेको छुँ ।

गोपाल किराती नेतृत्वको किरात राज्य संघर्ष समितिको बैठकले यसअघि नै गठबन्धनको आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरेको थियो । संघीय गठबन्धनमा सत्ताधारी दलका नेताले गरेको समर्थनलाई अधिकांशले गठबन्धन आन्दोलन जातीयतातिर गएको टिप्पणी गरेका छन् । यद्यपि, हाम्राकुरासंग गठबन्धनको नेतृत्व गर्ने मधेस केन्द्रीत दलका नेताहरुले आफुहरुको आन्दोलन हिमाल, पहाड, तराई समग्र मुलुकको राष्ट्रिय आन्दोलन हुने र जातीयता एवं साम्प्रदायिकतालाई नअँगाल्ने बताएका थिए । उनीहरुले यो आन्दोलन, मधेसी, आदीवासी जनजाती, पीछडिएको वर्ग, उत्पिडित अल्पसंख्यकहरुको भएको बताउँदै आइका छन् ।

यस्तै, पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं गठबन्धन संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउमा कार्यक्रममा दमन भए  गृहयुद्ध निम्तिने सुनाए । उनले भने, ‘राज्यले आतंक सिर्जना गर्न खोजिरहेको छ । । यदी दमन भए गृहयुद्ध निम्तिन सक्छ ।’ आन्दोलन दबाउन सेना परिचालन गर्ने तयारी रहेको भन्ने पनि सुनेका छौं । हाम्रो सेना भनेकै जनता हो, त्यसको जवाफ जनताले दिनेछन् ।

गठबन्धनले शनिबार दिउँसो ३ बजे शान्तिबाटीका र रत्नपार्कमा जनप्रदर्शन गर्ने र आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रमको तयारी गरेको छ । यद्यपि, गठबन्धनमा रहेका दलहरुले आ–आफ्ना छुट्टै आन्तिरिक तयारी भेला समेत गरेका छन् । गठबन्धनभित्र नेतृत्वको विषयलाई लिएर विवाद समेत उत्पन्न भएको बताइन्छ । गठबन्धनमै रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावन पार्टीले जेठ २ गते सदभावना पार्टीले सिंहदरवार घेराउ कार्यक्रमको छुट्टै तैयारी बैठक गरेको छ ।

मधेसी नेताहरुले सरकारले विभिन्न वहानामा मधेसी मोर्चालाई फुटाउन खोजेको आरोप लगाइरहेका छन् । सरकारसँग विगतमा पटक–पटक वार्ता भएपनि सरकारले आफुहरुका माग सम्बोधनमा तत्परता नदेखाएको भन्दै अहिले वार्ताको आह्वान गर्नुको औचित्य नरहेको उनीहरुको भनाई छ । मधेसी मोर्चाले संसद बैठक र सरकारको नीति तथा कार्यक्रम समेत बहिस्कार गरेको छ । मोर्चाका नेताहरुले मधेसी र जनजातीको एजेण्डै छैन भन्ने सरकारको नीति कार्यक्रमको आफुहरुलाई कुनै अर्थ नभएको समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ