arrow

व्यवसायिक पत्रकारिताको विकासका लागि संचारमन्त्रीलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
media-nepal.jpg.jpeg

काठमाडौं । प्रजातन्त्रवादी, व्यवसायिक एवं श्रमजिवी पत्रकारहरुको संगठन मिडिया नेपालले व्यवसायिक पत्रकारिताको विकासका लागि सूचना तथा संचारमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ ।

सिंहदरबार पुगेको मिडिया नेपाल टोलीले मन्त्रीराईलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल सहितको टोलीले बुझाएको ज्ञापन पत्रमा प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता तथा पत्रकारहरुको पेशागत सुरक्षा लगायत प्रेस काउन्सिल एवं सरकारी संचारमाध्यममा अनुभविलाई प्राथमिकता दिने प्रबन्ध मिलाउन भनिएको छ ।

यस्तै, हालै मन्त्रिपरिषद्ले अनुमोदन गरेको श्रमजीविहरुको न्यूनतम पारिश्रमिकलाइए व्यवहारिक रुपमा लागु गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ । मिडिया नेपाल भरखरै मात्र गठन भएको पेशागत संगठन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ