arrow

ओखलढुंगा कांग्रेसले गाउँ जागरण अभियान थाल्ने

logo
नवराज कार्की,
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
congress-flag.jpg.jpeg.jpeg
ओखलढुंगा । सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेलगत्तै त्यसको तयारीको झल्को दिने गरेर ओखलढुंगा कांग्रेसले गाउँ जागरण अभियान थाल्ने भएको छ । राजनीतिमा सक्रिय आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षक उत्पादन गरेर कांग्रेसले गाउँ जागरण अभियान थाल्ने भएको हो । 
 
गाउँ जागरण अभियानका लागि कांग्रेसले ओखलढुंगा सदरमुकाममा ‘प्रशिक्षक प्रशिक्षण तालिम’ समेत सम्पन्न गरिसकेको छ । प्रशिक्षक तालिममा सहभागी ८६ जना नेता तथा कार्यकर्ताले जेठ पहिलो साताबाट जिल्लाका सबै गाविस र नगरपालिकामा पुगेर महिनाव्यापी गाउँ जागरण अभियान थाल्नेछन् । 
 
सरकारको गतिविधिले संविधान कार्यान्वयनमा समस्या, भूकम्पपीडितको राहतमा ढिलाई र बढ्दो महँगीले जनतालाई आहत बनाइरहेको ठहर गर्दै त्यसलाई चिरफार गर्नका लागि कांग्रेसले गाउँ जागरण अभियान अगाडि बढाएको ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारले बताए ।ओखलढुंगा कांग्रेसले संगठनलाई सुदृढीकरण गर्दै मजबुत बनाउन र स्थानीय निर्वाचनमा आफ्नो पार्टी भूमिकाको विषयमा कार्यकर्तामाझ प्रष्ट्याउन पनि गाउँ जागरण अभियानको थालनी गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ