arrow

मोर्चालाई स्वीकार्य नभए पद छाड्न तयार छु : कमल थापा

विराटनगर उपमहानगरपालिका बालमैत्री नगर घोषणा

logo
कुमोद अधिकारी.
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
kamal-thapa-new-biratnagar.jpg.jpeg

विराटनगर । उपप्रधान एंव परराष्ट्रमन्त्री कमल थापाले राजनितिक समितिको संयोजकत्व मधेसी मोर्चालाई स्वीकार्य नभए त्यो पद छोड्न र वार्ताकालागि अर्को समिति गठन गरेर अघि बढ्न आफु तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उपप्रधानमन्त्री थापाले सहमतिका लागि आफु बाधक नबन्ने भन्दै वार्ताका लागि मधेसी मोर्चाको माग अनुसार नयाँ समिति बनाउन सरकार तयार रहेको बताए ।

थापाले भने, ‘मेरो लागि समितिको संयोजक पद भन्दा राष्ट्र ठुलो हो,  मोर्चा सहमतिमा आउँछ भने, सयोजक पद छाड्न तयार छु ।’ मन्त्री थापाले सिमांकन सम्बन्धी विवादलाई राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउन सरकार तयार रहेको भएतापनि मधेसी मोर्चाका कारण समितिलाई पूर्णता दिन नस्कदा वार्ता प्रक्रियामा ढिलाई भइरहेको समेत बताए ।

समिति गठन गरेर वार्ता र छलफबाटै मोर्चाको माग सम्बोधन गर्न प्रतिपक्षीदल नेपाली कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी मोर्चाबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले सानातिना कुरालाई आधार मानेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम नर्गन मोर्चालाई आग्रह गरे ।  

स्थानी विकास मन्त्री समेत रहेका थापाले स्थानीय निकायको निर्वाचन गराउन कुनै कानुनी बाधा अड्चन नभएकाले आगामी मंसिरमा निार्वाचन गराउने गरी सरकार अघि बढिरहेको बताए । मन्त्री थापाले सरकार परिवर्तन हुने कुरा हल्ला र निराधार भएको उल्लेख गर्दै स्थानीय निकाय तथा संसदको निर्वाचन नभएसम्म सरकार परिवर्तन नहुने जिकिर गरे ।

यसैबीच, मन्त्री थापाले विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरेका छन् । विराटनगरमा आयोजित एक समारोहमा थापाले विराटनगरलाई बधाई दिँदै थापाले विराटनगरका बालबालिकालाई शुभकामना दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ