arrow

भारतले भन्यो, ‘नेपाललाई दिने सहयोगमा कटौती गरेको छैन’

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
inadian-flag-new-fnl.jpg.jpeg

काठमाडौं । भारतले दिने सहयोगमा कटौती गरेपछि नेपाललाई सहयो गर्ने मुलुकमा चीन अघि सरेको भन्ने समाचार आमसञ्चार माध्यममा केही दिन अघि आएपछि भारतले नेपाललाई दिने सहयोगमा कटौती नगरेको प्रस्ट्याएको छ । शुक्रबार नेपाल स्थित भारतीय राजदूतासले विज्ञप्ती जारी नेपाललाई गर्दै आएको सहयोगमा कटौती नगरेको प्रस्ट्याएको हो ।  

बजारमा आएका हल्लाहरू सबै निराधार रहेको भन्दै दूतावासले भारत जहिले पनि नेपालको विकासको पक्षमा रहेको समेत स्पष्ट पारेको छ । नेपाललगायतका केही छिमेकी मुलुकलाई दिइदै आएको सहयोगमा कटौती गरेको भन्ने हल्ला तथ्यहीन रहेको बताएको छ ।

उसले २०१४/०१५ आ भारतले नेपालको लागि ४८० करोड रूपैयाँ बराबरको सहयोग गरेको स्मरण गर्दै त्यो बाहेक पनि नेपालले भारतसँग धेरै क्षेत्रमा सहयोग पाइरहेको बताएको छ । ‘हामीले आर्थिक वर्ष २०१४/०१५ मा मात्रै ३०० करोड भारतीय रकम नेपाललाई सहयोग गरेका छौं’ विज्ञप्तीमा भनिएको छ ‘यो बाहेकपनि विभिन्न क्षेत्र तथा विभिन्न विषयमा हाम्रो नेपाललाई सहयोग रहँदै आएको छ ।’

दूतावासले २०१४÷१५ मा तीनसय जना विद्यार्थीलाई छात्रबृत्ति दिएको तथा शिक्षा र स्वास्थ्यका क्षेत्रहरूमा अन्य धेरै सहयोग गरेको पनि उल्लेख गरेको छ । उसले आर्थिक तथा सुरक्षा क्षेत्रमा समेत ४०० भन्दा बढी नेपालीलाई रोजगारी दिएको भन्दै नेपालले चाहेको खण्डमा अझ सहयोगमा वृद्धि गर्न सकिने दूतावासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ