बझाङ् मल्लेस गाउँका पहिरो पीडित २२ परिवारलाई राहत वितरण
शैलेन्द्र रोकाया,
प्रकाशित २०७७ असार २९ सोमबार
557
Shares
बझाङ। असार १९ गते राती गएको पहिरोमा परि उठीबास भएका केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा २० घर परिवारलाई बिभिन्न सामाजिक संघ संस्थाहरुले राहत बितरण गरेका छन् । केदारस्यूँ गाउँपालिकाको स्थानीय झोता बजारमा पिडीतहरुलाई सुदूरपश्चिमेली नेपाली समाज र ह्यूमानिटी फाउण्डेसन नेपाल नामक संस्थाहरुले बिभिन्न राहत सामाग्री बितरण गरेका हुन् ।
सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर भण्डारी, वडा अध्यक्ष गणेश गणेश बोहरा र पत्रकारहरुको रोहबरमा राहत सामग्री बितरण गरेका हुन् । राहत सामाग्रीमा २० वटा परिबारलाई प्रति परिबार चामल ५० केजी, दाल ५ केजी र ढाई केजी, तेल ३ पोका, बाल्टिन १ जग, २ थाल, ट्रयाक सुट दुई थान, कुर्ता सुरुवाल १८ थान र टाउजर ३ थान र गिलास र थाली घर परिबार संख्याको आधारमा बितरण गरिएको वडा अध्यक्ष गणेश बहादुर बोहराले बताए।
यसैबिच ह्युमानिटी फाउण्डेसन नेपालका प्रतिनिधि तथा कान्तिपुरकर्मी वसन्तप्रताप सिंहले समेत दिउसो वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरे। फाउण्डेसनले प्रति परिवार एक क्विन्टलका दरले २२ परिवारलाई २२ क्विन्टल चामल, प्रति परिवार पाँच किलोका दरले एक क्विन्टल १० किलो मिक्स दाल, प्रति परिवार तीन लिटरका दरले ६६ लिटर खाने तेल, प्रति परिवार तीन किलो दरले ६६ किलो नुन, प्रति परिवार पाँच जनालाइ एकएक वटा ब्रसका दरले एक सय १० ब्रस, प्रति परिवार एकका दरले २२ वटा ठुलोवाला टुथपेष्ट , एक सय १० वटा नुहाउने साबुन र एक सय १० वटा कपडा धुने साबुन बितरण गरेको हो ।
गत साता गाउँपालिका ८ मल्लेसीमा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको थियो भने एक जनाको अबस्था अझै अज्ञात छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन । २२ परिवार पहिरोमा घर पुरिएका कारण बिस्थापित छन । विद्यालय र गोठमा आश्रय लिइरहेका पहिरो पीडित परिवारलाई छाक टार्न समस्या भएको जानकारी पाएपछि समाज र फाउण्डेसनले राहत सामग्री वितरण गरेको हो।
पहिरोले घर बगाउँदा स्थानीय बिद्यालय, गोठान तथा आफन्तहरुको घरमा ओत मागेर बस्दै आएका छन् । अझै सम्म पनि मल्लेसी गाउँमा जाने बाटो समेत अबरुद्घ भएका कारण बिभिन्न ठाउँबाट संकलित राहत सामग्रीहरु समेत गाउँमा पुर्याउन सकेको छैन् ।