arrow

अमेरिकाको तल्लो सदनमा गूगल र याहू प्रतिबन्ध

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
am-2.jpeg.jpeg
एजेन्सी । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात अमेरिकी संसदको तल्लो सदनमा गूगल र याहूका एप्लीकेशसको प्रयोगमा रोक लगाएको छ । सो प्रतिबन्ध एफबीआईको सल्लाह पछि लगाइएको हो । 
 
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाउस अफ रिप्रेजेन्टेटिभ्सको आईटी टीमले भनेका छन्,' एपस्पोट डट कममा मालव्येर भाइरस रहेको छ जसले कुनै पनि सदस्यको महत्वपूर्ण जानकारिहरु चोरी गरि अवांछित तत्व सम्म पुर्‍याउन सक्दछ ।'
 
गुगलमा जस्तै याहू मेलमा पनि रेनसमवेयर पाइएको हो । एफबीआई र हाउस अफ रिप्रेजेन्टेटिभ्सको आईटी टीमले सो बिषयमा  गूगल र याहूलाई सूचित गरिसकेको जनाएका छन् । 
 
गूगलका प्रतिनिधिका अनुसार, 'हाउस अफ रिप्रेजेन्टेटिभ्सका आईटी टीमसँग मिलेर काम गरिरहेका छौ साथै चाडै समस्याको समाधान निकाल्नेछौ ।' याहूले पनि जांच गरेर रेनसम वेयर भाइरस मेलमा समावेश गर्ने व्याक्तिलाई खोजि गरि कार्बाहि गर्ने जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ