अदालतसंग आँट भए शेरबहादुर र प्रचण्डलाई पहिला थुन्नु पर्याे : दाहाल (भिडियो लिङ्कसहित)
किरण जि र विप्लव जि पनि ढिलो चाँडो आउनु हुन्छ
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
2.8k
Shares
काठमाडौं । एकृकित माओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धकालिन मुद्दालाई अदालतको नियमित प्रक्रिया भित्र लगिए शेरबहादुर र प्रचण्डलाई पहिला थुन्न सक्नु पर्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्दाहरु विषयक अन्र्तक्रिया कार्यक्रममा दाहालले भने, ‘अदालतले साँच्चै आँट गर्ने हो भने, शेरबहादुर र प्रचण्डलाई पहिला थुन्नु पर्याे ।’ तर, राजनीतिक कार्यकर्तालाई र जनतालाई सताउने जो अभिप्राय छ त्यसको अन्त्य हुनु पर्याे ।
‘जनयुद्धको पुरै संघर्षको अवधिमा म जनमुक्ति सेनाको सुप्रिम कमाण्डर थिए र पार्टीको महासचिव । त्यपछि अध्यक्ष भएँ ।’सम्पूर्ण जनयुद्धको अवधिमा भएका घटनाहरुमा प्रत्यक्ष रुपमा म जिम्मेवार छु ।
‘जनयुद्धको पुरै संघर्षको अवधिका म जनमुक्ति सेनाको सुप्रिम कमाण्डर थिए र पार्टीको महासचिव । त्यपछि अध्यक्ष भएँ ।’सम्पूर्ण जनयुद्धको अवधिमा भएका घटनाहरुमा प्रत्यक्ष रुपमा म जिम्मेवार छु । - See more at: http://hamrakura.com/news-details/8260/2016-05-13#sthash.3dHxyzvb.dpuf‘जनयुद्धको पुरै संघर्षको अवधिका म जनमुक्ति सेनाको सुप्रिम कमाण्डर थिए र पार्टीको महासचिव । त्यपछि अध्यक्ष भएँ ।’सम्पूर्ण जनयुद्धको अवधिमा भएका घटनाहरुमा प्रत्यक्ष रुपमा म जिम्मेवार छु ।
दाहालले भनेका छन्, ‘म श्रुति दिन चाहन्छु, हिजो युद्धरत पक्षकाबीचमा सम्झौता भयो । अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न । त्यो ठाउँमा नेपाली कांगेसको सभापतिको रुपमा शेरबहादुर देउवा हुनुहुन्छ ।’ उहाँ जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिबेला जनयुद्ध चलिरहेको थियो । त्यसकारण अदालतले साँच्चै कायरबाही गर्ने हो भने पहिले हामी दुईलाई कारबाही होस् । दाहालले थपे, ‘पहिलो प्रहार मै हो भन्न चाहन्छु, फेरि पनि एउटा ‘ब्ल्याक एण्ड वाइट’ को सत्य के हो भने लडाइमा युद्धरत पक्षसंग सम्झौता हुन्छ ।
लडाइमा या त एउटा पक्षले जित्छ, अर्को पक्षले हार्छ, एउटा पक्ष विजित भयो र अर्को पक्ष पराजित भयो भने विजित पक्षले पराजित पक्षलाई सम्पूर्ण रुपमा न्यायको कट्घरमामा ल्याउँछ र सबैलाई कारबाही गर्छ । कानुनतः अघि बढ्छ । दाहालले बचाउ गर्दै भने, ‘यो युद्ध मात्रै होइन विश्व युद्धमा समेत लागु हुन्छ । चाहे त्यो पहिलो वा दोस्रो युद्ध होस् ।’ त्यसमा विजेताले के गरे र पराजितहरुलाई के गरियो भन्ने कुरा हामी सबैले इतिहासमा राम्ररी हेरेका छौं ।
दाहालले तर्क गर्दै भनेका छन्, ‘नेपालमा विश्वयुद्ध भएको होइन, राजनीतिक क्रान्ति र विद्रोह भएको हो । राजनीतिक क्रान्तिमा पनि एउटा कुरा लागु हुन्छ । या त एउटाले जित्छ, अर्कोले हार्छ, या दुबै पक्ष एउटा संतुलनमा आउँछन् र सम्झौता हुन्छ । शान्ति सम्झौता हुन्छ । नेपालमा पनि त्यही भएको थियो ।’
युद्धकालिन मुद्दा देखि निकै डराएका दाहालले, आफ्नो विगत समते कोट्याए । उनले भने, ‘जनयुद्धको पुरै संघर्षको अवधिमा म जनमुक्ति सेनाको सुप्रिम कमाण्डर थिए र पार्टीको महासचिव । त्यपछि अध्यक्ष भएँ ।’सम्पूर्ण जनयुद्धको अवधिमा भएका घटनाहरुमा प्रत्यक्ष रुपमा म जिम्मेवार छु । त्यसकारण म सरकारलाई, अदालतलाई र सबै राजनीतिक दललाई तथा सम्पूर्ण जनतालाई के भन्न चाहन्छु भने यदी बृहत शान्ति सम्झौता विपरित युद्धकालिन मुद्दालाई अदालतको नियमित प्रक्रियामा लगिन्छ भने, सब भन्दा पहिले मलाई कारबाही गरियोस्–दाहालले गम्भीर हुँदै भने । अरुलाई मुद्दा लगाउने, जेल हाल्ने जो प्रबन्ध गरिँदैछ यो भयानक अनैतिकता । सड्यन्त्र हो । दाहालले थपे, ‘यो बिस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाविरुद्ध गरिएको भयानक प्रहार हो ।’
किरण जि र विप्लव जि पनि ढिलो चाँडो आउनु हुन्छ
दाहालले माओवादी पार्टीहरु चाँडै नै एक हुने जानकारी दिँदै माओवादीहरुको एकता कसैले पनि रोक्न नसक्ने बताए । उनले भने, ‘किरण जि र विप्लव जि पनि ढिलो चाँडो आउनु हुन्छ ।’
दाहालले राज्यका कुनै न कुनै अंगबाट लखेट्न खोजिएको आरोप लगाए । उनले भनोका छन्, ‘जनयुद्धमा प्रत्यक्ष सहभागी माओवादी नेता–कार्यकर्ता, नेपाली काँग्रेसका नेता कार्यकर्ता, नेपाली सेना र नेपाल प्रहरीको एउटै मनोविज्ञान छ । तर अन्यहरुले भने लडाई होस् भन्न चाहान्छन् । नेपालमा दुई धार छन् नेपालमा शान्ति प्रगति उन्नति नहोस् भन्ने र अर्को नेपालकमा राजनीति स्थिरता, शान्ति, परिवर्तन होस् र यसलाई संस्थागत गर्दै अगाडि बढ्न चाहान्छ । नेपाललाई भूमरीमा राख्ने सोचाई छ ।
१० वर्षको छोटो अवधिमा सिंगो देशलाई हाम्रो ऐजेण्डामा ल्याएका हौं । यसलाई भत्काउन खोजिन्छ र हाम्रा साथीहरुलाई अपमान गरिन्छ भने हामी सबै माओवादीहरु एक हुनै पर्छ र जनताका दुश्मनलाई धारासायी बनाउनै पर्दछ ।’