काठमाडौँ । उपत्यकाको प्रमुख एतिहासिक , धार्मिक , पर्यटकिय स्थल ललितपूर जिल्लाको रमणिय स्थलको रुपमा रहेको १२ बर्षे मेला लाग्ने गोदावरी कुण्डको ५ वटै धारामा पानी आउन छाडेको छ | गोदावरी कुण्ड ब्यवस्थापन समितिको कमि-कमजोरीको कारणले गर्दा झन्डै दैनिक रुपमा २५ वटा ट्यांकरले २०० टिप् पानी ओसर्ने गर्दै आएको छ |
बिहिबार बेलुका ८ बजेपछि कुण्डको पानी खोल्ने गर्नाले कुण्डमा पानीको कमि हुन गइ धारामा पानी आउन छाडी धारा पूर्ण रुपमा सुकेको छ | गोदावरी कुण्डमा धारामा पानी आउन छाडेपछि पुजारी लगाएतका ब्यक्तिहरु बीच स्थानिय बिकास अधिकारि हरि प्रसाद दाहाल , महानगरीय प्रहरी प्रभागका प्रमुख र युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा अष्टमान किसि महर्जन बिच गोदावरी कुण्डमा व्यापक छलफल भएको हो ।
छलफलमा तत्काल पानी खोल्ने कार्य बन्द गरी कुण्डको संरछेन कार्यमा जोड दिई तत्काल धारामा पानी आउने बाताबरण मिलाउने निस्कर्षमा पुगेको छ । यति गर्दा पनि धारामा पानी नआएमा पूर्ण रुपमा पर्यावरण चक्र रेडियो , स्थानिय बासिन्दाको पहलमा गोदावरी क्षेत्रमा ट्यांकर पूर्ण रुपमा बन्द गर्ने टुङ्गॊमा पुगेका छन् |