सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम : कोइराला

प्रकाशित मिति : २०७३ जेठ १ शनिबार
तस्बीर : राजेन्द्र बास्तोला
इलाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले सस्तो लोकप्रियताका लागिमात्र नीति तथा कार्यक्रम ल्याएको बताएका छन‍् । 
 
इलाम सदरमुकाममा आज नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको धारणा व्यक्त गरे । 
 
सरकारले कालोबजारीलाई नियन्त्रण गर्नुको साटो आश्रय दिएको आरोप लगाउँदै जनताले अभावैअभाव भोग्दासमेत सरकार चुप लागेर बसेको बताए । 
 
सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावबाट काँग्रेस नपन्छिने भन्दै त्यसका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउँदै चुनाव भनेको प्रजातान्त्रिक पद्धति हो, यसमा भाग लिन सबैलाई आग्रहसमेत गरे । रासस 
नयाँ