arrow

बिटक्वाइनका नाममा बिल गेट्सदेखि ओबामासम्मका ट्वीटर एकाउन्ट ह्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन १ बिहिबार
twitter.png

काठमाडौँ । बिट क्वाइनका नाममा अमेरिकाका चर्चित एवं उच्च पदस्थ व्यक्तिहरुका सामाजिक संजाल ट्वीटर एकाउन्ट ह्याक भएका छन् । 

खर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सका साथै अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जोय बाइडेन,  पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायतको ट्वीटर एकाउन्ट ह्याक भएको हो । 

यो सबै बिट क्वाइनका स्क्याम भएको समेत उल्लेख गरिएको छ । यो ह्याक प्रकरणबाट ‘बिटक्वाइन डबल गर्नुस्’ भन्ने विषयलाई हाइलाइट गरिएकोले यस विषयमा एफबिआइले समेत अनुसन्धान गरिरहेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

बिल गेट्सको ट्वीटबाट ‘सबैले मलाई के दिन्छौं भनेर सोधिरहेको र अहिले त्यो दिने समय आएको छ । तिमीले एक हजार डर दियौ मैले दुई हजार फितर्मा दिएँ ।’ भन्दै पोष्ट भएको थियो । 

तर उक्त किसिमका पोष्ट पहिलो पोष्ट गरेको एक मिनेटभित्रै डिलेट गरिएको थियो । यस्तै ट्वीट अमेरिकी पूर्व राष्ट्रपति ओबामाको ट्वीटबाट समेत भएको पाइएको थियो ।

ट्वीटर एकाउन्ट बारे बेला बेलामा प्रश्न उठिरहेका बेला अहिले ठुलो संख्यामा हाइप्रोफाइल एकाउन्ट ह्याक भएको छ । गत बर्ष ट्वीटरका सिईओ ज्याक डोर्सेकै एकाउन्ट ह्याक भएको थियो ।

ट्वीटरले सुरक्षाको हिसाबले केही एकाउन्टहरुमा असर पुगेको देखिएको भन्दै यस विषयमा अनुसन्धान भइरहेको र यसलाई सुल्झाउने काम भइरहेको बताएको छ । 

अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदै गर्दा यो अर्को बखेडा झिक्ने योजना पनि हो कि भन्ने आशंकासमेत गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ