arrow

सउदी अरबमा बन्द गरियो फेसबुक म्यासेन्जर र ईमो

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
Facebook-Messenger-Ban.jpg.jpeg
एजेन्सी । सउदी अरबमा  फेसबुक म्यासेन्जर र ईमो एप्लीकेशन माथि प्रतिबन्ध लगाएको छ । म्यासेन्जर र ईमो माथि प्रतिबन्ध लगाउनु पुर्व पनि साउदीमा अन्य च्याटिङ्ग एप्सहरु बन्द गरिएको थियो ।
 
बेलायती पत्रिका 'द इन्डिपेन्डेन्ट' का अनुसार , फेसबुक म्यासेन्जर एपको भिडियो र भ्वाइस च्याटिङ फङ्शन साउदीको नियम र कानुन भन्दा भिन्न छ सो कारणले प्रयोग गर्न सकिने छैन । यस्तो प्रतिबन्ध एमोमा पनि लगाइएको हो ।
 
 सो फीचर्सलाई किन बन्द गरियो  सो सम्बन्धि साउदी सरकारको औपचारिक प्रतिक्रिया भने आउन बाकि रहेको छ । स्थानीय सम्वाददाताका अनुसार,' यी प्रबिधिले परम्परागत टेलिकम कम्पनिहरुको राजस्व घटाएको थियो ।'
 
फेसबुक म्यासेन्जर र ईमोले भिडियो र भ्वाइस कलिङको सुबिधा दिए पछि मानिसहरु टेलिफोन नेटवर्कको स्थानमा इन्टरनेट नेटबर्क प्रयोग गर्न थाले । यसै प्रकार  विदेश कलमा पनि इन्टरनेटको प्रयोग भयो स्थानिय लाइनको भएन ।'
 
वाट्सएप र भाइभरलाई साउदीमा पहिलेनै निषेध गरिएको छ । एक जना सरकारी  अधिकारीका अनुसार , " साउदीको नयमलाई यी एप्लीकेशनहरुले पालन गर्न असफल भए त्यसैले यी सर्भीसलाई बन्द गरियो ।' उनले  चेतावनी दिदै भने अन्य एप्सले पनि साउदीको नियम पालना नगरे हामि निषेध गर्ने स्थितिमा पुग्नेछौ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ