arrow

अहिले सरकार परिवर्तनको कुनै आवश्यकता छैनः कोइराला

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
sujata-koirala.jpg.jpeg
काठमाडौ। नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको दावी गरेकी छिन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ म अहिले सरकार ढाल्ने पक्षमा छैन । पाँच वर्षसम्म सरकार चल्न नसके प्रजातन्त्र र विकास अगाडि बढ्ने बाला छैन । अहिले कसैले पनि सरकार परिवर्तनको कुरा गरेर अस्थिरता ल्याउनु हुँदैन । आफूलाई प्रधानमन्त्री बनाउन कसैले पनि देशमा अस्थिरता ल्याउनु हुँदैन ।’
 
साक्षात्कारमा नेतृ कोइरालाले प्रजातन्त्रलाई दह्रो बनाउन पनि अहिले स्थानीय निकायको निर्वाचन आवश्यक भएकोले तत्काल कानून बनाएर निर्वाचनमा जानु पर्नेमा जोड दिदै नेपाली काग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले निर्वाचनसँग डराउन नहुने तर्क गरिन । 
 
उनले भनिन,‘ १९ महिनाभित्रमा स्थानीय, प्रादेशिक र आम चुनाव गराउनु छ । निर्वाचन गराउन सके प्रजातन्त्र नै खतरामा पर्छ । यसकोलागि सबै एक जुट हुनु पर्छ । केपी शर्मा ओलीजीकै नेतृत्वको सरकारले चुनाव गराएपनि हुन्छ । नेपाली काग्रेसलाई केही फर पर्दैन, चुनाव काग्रेसले नै जित्छ ।’
 
नेतृ कोइरालाले थपिन,‘ यसो भन्दा मलाई ओलीजीको मान्छे भन्लान तर मलाई केही फरक पर्दैन । म प्रजातन्त्र र विकासको पक्षमा छु ।’ उनले आफूहरुले सुशील कोइराला जीवितै हुँदा काग्रेस सरकारमा जानु पर्छ भनेपनि नगएर काग्रेसले गल्ती गरि धेरै गुमाईसकेको उल्लेख गर्दै अहिले भने आफूहरु सरकारमा जाने पक्षमा नभए पनि प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्न पर्ने बताईन ।
 
नेतृ कोइरालाले भनिन, ‘ सरकारको राम्रो कामको समर्थन गर्नु पर्छ, नराम्रो कामको विरोध गर्नु पर्छ । मुलुकको समस्या समाधान गर्न काग्रेसले सरकारलाई सहयोग गर्नुपर्छ ।’मधेस आन्दोलन जनताको आन्दोलन नभएकोले कुनै पनि हालतमा सफल नहुने दावी गर्दै मधेसी जनताले आन्दोलन भन्दा पनि विकास खोजेको उनले दावी गरिन । 
 
नेतृ कोइरालाले सबै समस्या समाधान गर्ने थलो संसद भएकोले मधेसी दलहरुले अधिकार माग्ने भए संसदमा माग्नु पर्ने सुझाव दिदै सिंहदरवार र संसद कसैले पनि घेर्न नपाउने गरी कानून बनाउनु पर्ने आवश्यकता औल्याईन । उनले भनिन,‘मधेसको समस्या समाधान गर्नु पर्छ तर त्यो संसदबाट खोजे मात्रै सम्भव छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ