जालिम मियाँले बादल र प्रचण्डको नाम लिएपछि प्रहरीले दर्ता गरेन बलात्कारको किटानी जाहेरी
२० लाख रुपैयाको प्रलोभन दिएको पीडित परिवारको भनाई
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन ४ आइतबार
580
Shares
वीरगंज। जगरनाथपुर बलात्कार काण्डमा पीडित आमाबुवाको जाहेरी दर्ता नगरेको पर्सा प्रहरीले मुख्य आरोपितलाई पक्राउ नगरी अर्का एक निर्दोष बालकलाई पक्राउ गरी एक रात हिरासतमा राखि आइतवार बेलुका छोडेको छ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको निवासस्थल जगरनाथपुर गाउँपालिका वडा नं ४ सँगै रहेको एक मुस्लिम परिवारको निकाह भइसकेको १५ वर्षीय किशोरीलाई बलात्कार भएको थियो। शुक्रबार बिहान ४ बजे किशोरीकै निवास अगाडीबाट जर्बरजस्ती लगेर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीका भान्जा नुरआलमले बलात्कार गरेको पीडित युवतीले बताउँदा पनि स्थानिय प्रसासनले सुनुवाई गरेको छैन। बरु उल्टै मिल्न दवाव दिइएको पिडितहरुको गुनासो छ।
युवतीको बलात्कार काण्डमा पर्सा प्रहरीले प्रदेश नं २ का मुख्यमन्त्री स्वच्छता अभियानमा संयोजक महम्मद सलाउद्दिनको नातामा भाई पर्ने धोबिनी गाउँपालिका बस्ने समिर आलम उर्फ मुन्नालाई गिरफ्तार गरेर छोडेपछि यो घटनामा सत्ताको टकराव बढेर गएको छ ।
बलात्कारको आरोप लागेका नुरआलम मियाँका दाजु मोजाहिर मियाँ, पाणेपुरका राजा हुसैन लगायतका व्यक्तिहरुको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा आई पीडित परिवारलाई रु २० लाख रुपैया हर्जाना दिने प्रलोभन दिएको पीडित परिवारको भनाई रहेको छ ।