arrow

लकडाउनः ‘लाइस् किन थाहा छैन, हटाइस् किन थाहा छैन’

logo
प्रकाशित २०७७ साउन ७ बुधबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । सरकारले चार महिना लामो लकडाउन एकाएक हटाएको छ । कोरोना भाइरसको महामारी फैलने डरले सरकारले गएको चैत ११ गते लकडाउन लगाएको थियो । 

त्यतिबेला बिना कुनै तयारी सरकारले सबै चिज ठप्प पार्यो । राहतका नाममा करोडौं सकायो । तर खास पीडितमध्ये १० प्रतिशतले पनि राहत नपाएको गुनासो भयो । 

एकैपटक बिना कुनै सोच लकडाउन लगाउँदा पार्ने असर सोचेन । कोरोना बाहिरबाट आएको हो भन्ने जान्दाजान्दै पनि उसले त्यतातर्फ नियन्त्रण गर्ने आँट गर्न सकेन । 

विदेशी राष्ट्रको देखासिकी गर्यो । तर लकडाउनको उल्लंघन हुँदा के भयो युरोपेली मुलुकमा भन्ने कुराको पनि हेक्का राखेन । 

सरकार आफ्नो आयु लम्बाउनेतिर लाग्यो । जनताको आयु सोचेन । अहिले एकाएक लकडाउन खोलेको छ । अब यसले पार्ने प्रभावबारे पनि सम्भवतः यो सरकारलाई केही पूर्वानुमान छैन । 

जे जे पर्ला पर्ला भने जसरी लकडाउन खोलिएको छ । कोरोनाका संक्रमित घटेर हैन । महत्व नबुझेर भनी आलोचना गर्नेहरु धेरै छन् । 

सामाजिक दूरी र विश्व स्वास्थ्य संगठनले अबलम्बन गर्न भनेका न्यूनतम नियम पालना गरी दैनिकी बनाउन सरकारले आग्रह गरे पनि आफैले उल्लंघन गर्दै आएको सरकारका भनाई जनताले अविश्वासमै पचाएका छन् । 

कोरोनाको महामारीबीच २५ जना भन्दा बढी कहिँ पनि भेला हुन नपाउने बताएको सत्तारुढ दल नेकपाले स्थायी कमिटी बैठक त्यसको दोब्बर बढी मानिससहित चल्यो । 

सडकमा विभिन्न नारा जुलुस घन्के । मन्त्रीहरु नै लकडाउनको उल्लंघन गर्दै आफ्ना मान्छेलाई ओसारपसारमा लागे । 

साँच्चिकै सरकारले लकडाउन पहिले किन लगायो र अहिले किन खोल्यो भन्ने कुनै तर्क नै दिन सकेको छैन । 

त्यसैले त डा रामेश कोइरालाले समाजिक संजाल ट्वीटरमा लेखेका छन्, 
‘लाइस् किन ?
थाहा छैन।
हटाइस् किन ?
थाहा छैन।’

मन्त्रिपरिषदको बैठकले मंगलबार मध्यरातदेखि लकडाउन हटाएको छ । 

कोरोना संक्रमित नेपालमा 
नेपालमा अहिले कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । ४१ जनाको कोरोनाबाटै मृत्यु भएको छ । 

४१ औं मृतक महोत्तरीका ६० वर्षे पुरुष हुन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार राति ज्यान गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ