arrow

मधेशी गठबन्धनको सिंहदरबार घेराउले सवारी व्यवस्थापन अस्तव्यस्त

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Madhesi_Morcha_Dharna.jpg.jpeg
काठमाडौं । लामो समय मधेश केन्द्रित आन्दोलन गरेका मधेशबादी दलहरूले सुरूगरेको राजधानी केन्द्रीत आन्दोलनको पहिलो दिन सिंहदरबार आसपासमा प्रदर्शनकारीको धर्नाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । 
 
आफ्ना विभिन्न मागहरूलाई सरकारले बेवास्ता गरेको भन्दै काठमाडौं आएका मधेशी मोर्चाका कार्यत्रर्ताले केही समय अगाडि मात्रै एउटा सरकारी नम्बरप्लेटको सवारी तोडफोड गरेका छन् । 
 
उनीहरूले बानेश्वरबाट थापाथली तर्फ जाँदै गरेको बा १ झ ३६ १० नं को सरकारी गाडी तोडफोड गरेका हुन् । यो सँगै माइतीघर क्षेत्रको अहिलेको अवस्था तनाव ग्रस्त बनिरहेको छ । 
 
अहिले प्रदर्शनकारीहरू माइतीघर मण्डलामा केन्द्रीत बनेका कारण माइतीघर हुँदै आउने तथा जाने सवारी साधनहरू पूर्ण रूपमा बैंकल्पिक बाटोबाट पठाईएको ट्राफिक प्रहरीले जनाएको छ । 
 
ट्राफिक कन्ट्रोलरूपले दिएको जनाकारी अनुसार अहिले माईतीघर मण्डला हुँदै आवतजावत गर्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट ‘डाइभर्सन’ गरिएको छ भने उपत्यकाका अन्य क्षेत्रमा यसै क्षेत्रको केही प्रभाव भएपनि अन्यत्र कुनै अबरोध रहेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ