arrow

सत्यनिरुपण आयोग र वेपत्ता आयोगले द्वन्दपिडितलाई न्याय दिन नसक्ने : कृष्ण पहाडी

logo
यादव आचार्य,
प्रकाशित २०७३ जेठ २ आइतबार
pahadi.jpg.jpeg
बर्दिया। सत्यनिरुपण आयोग र वेपत्ता आयोगले द्वन्दपिडितहरुलाई न्याय दिन नसक्ने मानवअधिकारकर्मी कृष्ण पहाडीले दावी गरेका छन् । स्वाभिमान अभियान अन्र्तगत जागरणसभा लाई सम्वोधन गर्दै अधिकारीकर्मी पहाडीले उक्त दावी गरेका हुन् । 
 
आयोग मानवता केन्द्र विन्दु भन्दा सत्ता केन्द्रित रहेकोले मेन्डेड कमजोर परिभाषित गरिएको हुँदा पिडितले न्याय नपाउने उनको जिकिर थियो । आयोगमा नियुक्ती प्रकरण राजनितिक भागभण्डाको आधारमा भएकाले पनि पिडितले राहत नपाउने कुरामा उनले जोड दिएका छन् ।
 
पिडितहरुको आँसु नपुछिए सम्म शान्ति प्रकृया पूरा नहुने वताउँदै उनीहरुलाई परिपुरणको अधिकार सहित, राहत र न्याय दिनु पर्ने वताए । आयोगले शान्ति प्रकृयालाई टुँग्याउनुको साटो झन् वल्झाएकोमा दुःख व्यक्त गरे ।
 
शान्ति, अहिँसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान सहितको देशव्यापी स्वाभिमान अभियानका क्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको समन्वयमा आज जागरण सभा गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ