arrow
ADVERTISEMENT

वाग्मती प्रदेशको छैटौं अधिवेशन बिहिबारदेखि अन्त्य हुने

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
pradesh-3-baithak.jpg

वाग्मती । वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन बिहिबारदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको बिहिबार राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहिबार रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप  अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ