arrow

मेयर र कर्मचारी मिलेर भ्रष्टाचार गरेको भन्दै बेलका नगरकी उपमेयर चौधरीले गरिन राजिनामाको घोषणा

logo
विश्वराज तामाङ,
प्रकाशित २०७७ साउन ८ बिहिबार
rajkumari-chaudhary-udayapur.jpg

उदयपुर। उदयपुरको वेलका नगरपालिकाभित्र हुने गरेको अनियमितता यति वेला सामाजिक संजालमा छताछुल्ल भएको छ। उत्पादनमा हाम्रो साथ बस्दिन म खाली हात भन्ने नारा लगाएपनि नगरपालिकाका जिम्मेवारहरुको हात चाहि भ्रष्टचारको रकमले खाली नहुने भएको तथ्य सार्वजनिक भएको छ।

यसको पछिल्लो दृष्टान्त वेलका नगरपालिका उदयपुरकी उपप्रमुख राजकुमारी चौधरी भएकी छिन्। उनले सामाजिक संजाल मार्फत असुन्तष्टि व्यक्त गर्दै विगत बर्षदेखि नगरपालिकाभित्र पंखादेखि स्काभेटरसम्मको खरिदमा भ्रष्टचार भएको बताइन। उनले बुधबार राती सामाजिक संजालमा लेखेकी छिन् “उप मेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु। जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरुको विषयमा कार्यन्वयन हुदैन। धिक्कार छ दुई तिहाइ सरकार।”  

सामाजिक संजालमा उपमेयर चौधरीको असन्तुष्टी सार्वजनिक भए पछि थप जानकारी लिनका लागि सम्पर्क गर्दा उनले नगरपालिका भित्रका कर्मचारीले भित्रभित्रै भ्रष्टचार गर्दा पनि नगर प्रमुखले वचाउ गर्दै आएको बताईन्। आफुले नगरभित्र भएका भ्रष्टचार र अनियमितताको बिषयमा लिखित जानकारी गराउदा निवेदन डष्टविनमा फ्याकिने गरेको उलने गुनासो गरिन्।

जनतालाई सुख र सुविधा दिनका लागि चुनेर पठाए तर जनताको लागि आएको बजेटको चरम लापर्वाही हुँदा नगर प्रमुखले संरक्षण गर्नुहुन्छ, मेरो कुनै कुरा सुनुवाई भएन त्यहि भएर राजिनामा घोषणा गरेकी हु चौधरीले भनिन्। अव जनताले राख्छन् भने बस्छु नभए बस्दिन नगर भित्र भएको भ्रष्टचारको चिरफार गर्न म अघि बढिसके चौधरीले भनिन्।

यता यो समाचार तयार पार्दासम्म यस विषयमा थप जानकारी लिनको लागि वेलका नगरपकालिका प्रमुख दुर्गाकुमार थापासंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ