arrow

नारायणगढ–मुग्लिन सडकखण्डमा पाँच दिनदेखि छिनछिनमा पहिरो, चारकिलोको पहिरोले सडक अवरुद्ध

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
narayanghad-mugling-pahiro.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः  सोही स्थानमा पहिरो खसेको हो । 

निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी बताए । 

सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ