arrow

यातायात मजदुरको आह्वानमा १३ गते देशव्यापी चक्काजाम

ट्राफिक विरूद्ध यातायात मजदुरहरू आन्दोलनमा

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Road-of-ktm.jpg.jpeg
काठमाडौं। ट्राफिक प्रहरीले सवारी चालकहरूको लागि बढाएको जरिवाना विरूद्ध यातायात मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार राजधानीमा बसेको संयुक्त यातायात मजदुरहरूको बैठकले माईकिङ तथा पर्चा वितरण देखि देशव्यापी चक्काजामसम्मको कार्यक्रम घोषणा गरेका हुन्। 
 
काठमाडौंको बागबजारस्थित नेपाल यातायात मजदुर संघको कार्यालयमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले तथा एकिकृत माओबादी निकट यातायात मजदूरहरूको संगठनले सरोकारवालाहरूसँग छलफल नै नगरी भौतिक पूर्वाधारविना नै राजपत्रमा सूचना प्रकाशित गरेर लाद्न खोजेको भन्दै विरोध जनाएका हुन। ट्राफिक प्रहरीले २५ प्रतिशत कमिसनको प्रलोभनमा परी यस्तो निर्णय गरेकोले आन्दोलनमा जानुको विकल्प नरहेको निर्णय समेत गरिएको मजदुर संस्थाहरूले जनाएका छन्। 
 
यसरी जरिवाना बृद्धि हुन लागेपछि १० दिन अगाडि यातायात मजदूरहरूले गृहमन्त्री शक्ति बहादुर बस्नेृतलाई भेट्न गएका थिए। भेटको क्रममा उनले मन्त्रालयका प्रवक्ता यादब कोइरालालाई सो विषयमा जिम्मा दिएका थिए। सो लगत्तै आफूले डिआईजी प्रकाश अर्याललाई सो विषयमा जानकारी गराउँदा उनले कार्यान्वयन नगर्न भद्र सहमति जनाएको भएपनि अहिले कार्यान्वयन नगरेको आरोप यातायात व्यवसायीहरूले लगाएका छन्। 
 
बैंठकले आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १० गते देशव्यापी माईकिङ तथा पर्चा वितरण कार्यक्रम, ११ गते काठमाडौंको शान्ति बाटिकामा विरोध सभा तथा १३ गते देशव्यापी आम हड्ताल कार्यक्रम गर्ने निर्णय गरेको नेपाल यातायात  मजदुर संघका महासचिव धर्म भण्डारीले हाम्राकुरा डटकमलाई जानकारी दिए। साथै उनीहरूले सो विरोधका कार्यक्रम सुरू नहुँदासम्म काटेका चीटको पैसा तिर्न समेत नजाने निर्णय पनि गरिएको महासचिव भण्डारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ