arrow

बाढीले बगाउँदा बालिकाको मृत्यु, महिला वेपत्ता

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ जेठ २ आइतबार
Bajhang-hamrakura.jpg.jpeg

बझाङ । लामो समयको खडेरी पछि शनिशार साँझ परेको भारी  वर्षासंगै आएको बाढीमा एक बालिकाको बगेर मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन् । खोलामा नुहाएर घर फर्किदै गरेकी रायल गाविस –५ कि ८ वर्षीया बालिका अनिता रावल कोलापानी खोलामा आएको बाढीमा बगेकी हुन् । बालिकाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।

यस्तै, घट्ट पिस्न गएको बेला एक्कासी आएको बाढीले घट्ट नै बगाएपछि सुनकुडा–३ उडिकी ३० वर्षीया झिमा ढांट बेपत्ता भएकी छन् । शनिशार साँझ करिब ७ बजेतिर आएको बाढीले उडीगाँउ नजिकै रहेको घट्ट बगाएको थियो । घट्ट भित्र ८ जना महिला रहेकामा अन्यले भागेर ज्यान जोगाएका झिमाकी आफन्त हासुली ढांटले बताइन् ।

झिमाको स्थानीय बासिन्दा र प्रहरीले अहिले पनि खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।  यस्तै, ठुलो वर्षाका कारण सडकमा पहिरो खस्दा रायल गाविस नजिक जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि बझाङ्बाट धनगढी, काठमाडौं र महेन्द्रनगरका लागि छुटेका वसहरु र विभिन्न ठाँउबाट बझाङ आएका गाडीहरु रायलमा लाम लागेको बताइएको छ । सडकको अवरोध हटाउने काम भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ