arrow

नेपालगञ्जको समुदायमै कोरोनाको आशंका

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
nepalgunj-corona.jpg

नेपालगञ्ज । नेपालगञ्जमा क्वारेन्टाइन बाहिरका व्यक्तिहरुमा पनि कोरोना देखिन थालेको छ । शुक्रबार कोरोना देखिएका दुबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । एक जना यात्रा इतिहास पनि नभएका र क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् भने अर्का कर्णाली प्रदेशबाट आएर डेरामै बसिरहेका व्यक्ति हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज १२ मा कोरोना पुष्टि भएका १८ बर्षीय पुरुष कर्णाली प्रदेशबाट आएका विद्यार्थी हुन् भने वडा नम्बर ११ मा कोराना देखिएका ४० बर्षीय पुरुष स्वास्थ्यको क्षेत्रमा काम गर्ने एनजिओमा कार्यरत व्यक्ति हुन् ।

 महेन्द्र बहुमुखी क्याम्पसमा गरिएको र्‍याण्डम स्याम्पलिङमा उनीहरुको स्वाब लिइएको श्रेष्ठले बताए । यसअघि नेपालगञ्ज १८ की कोरोना संक्रमित २६ बर्षीया महिला पनि धनगढीबाट आएर घरमै बसिरहेकी थिइन् ।

पछिल्लो समय क्वारेन्टाइन बाहिर पनि र्‍याण्डम्ली नमुना संकलन गर्दा केही व्यक्तिहरुमा कोरोना देखिन थालेको छ । यसले नेपालगञ्जमा कतै समुदायमै कोरोना त छैन भन्ने आशंका बढाएको छ । यद्यपि यसको लागि ठूलो मात्रामा नमुना परिक्षण गर्नुपर्ने विज्ञहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ