arrow

न्यूयोर्क टाइम्सको सम्पादकीयप्रति अख्तियारको आपत्ति (विज्ञप्ती सहित)

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्समा प्रकाशित सम्पादकीयविरूद्ध आपत्ति जनाएको छ । आइतबार आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ती जारी गरी सो समाचार संस्थाले प्रकाशन गरेको सम्पादकीयले नेपालको संवैधानिक आयोग जस्तो गरिमामय निकायको मानमर्दन भएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले टाईम्समा नेपाल सम्बन्धी आएको सम्पादकियलाई भ्रामक र एक पक्षिय रहेको भनेकाे छ ।

आयोगले न्यूयोर्क टाइम्सको ११ मे २०१६ मा प्रकाशित सम्पादकीयले अख्तियारले आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेका कनकमणि दीक्षितलाई असल चरित्रको व्यक्ति र उनलाई फसाउनको लागि आयोगका प्रमुख आयुक्तले गरेको षड्यन्त्र भन्ने व्यहोराको सम्पादकीयले समग्र संवैधानिक निकायको गरिमामाथि समेत आँच आउने काम गरेको आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

संभवतः नेपालको कुनै आयोगले अन्तराष्ट्रिय संचार माध्यमको सम्पादकियलाई लिएर आपत्ति जनाएको यो पहिलो पटक हो। अख्तियारले पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितलाई अभियुक्त ठहर गर्दै हिरासतमा राखेर अनुसन्धान गरेको थियो। उक्त कार्यलाई सम्पादकियले दिक्षितसँग अख्तियार प्रमुख लोकमान सिंह कार्कीको ब्यक्तिगत समस्या रहेको कारणले आरोप लगाएको लेखेको थियो।

अख्तियारको विज्ञप्तिमा न्युयोर्कको सम्पादकियलाई पाठकहरुलाई भ्रममा राखेको र एकपक्षिय रुपमा आयोगलाई बदनाम गर्ने नियत रहेको देखिन्छ भनेर लेखिएको छ। आयोगले अगाडी भनेको छ, ‘यो दुःखलाग्दो कुरा हो की सम्मानित संचार माध्यमले तथ्यलाई बंग्याएर पाठकहरुलाई दिगभ्रमित गरेको छ।’

विज्ञप्तिमा दिक्षितलाई आयोगसँग अनुसन्धानमा सहकार्य नगरेको कारणले पक्राउ गरिएको हो–भनिएको छ । अख्तियार प्रमुख कार्कीले बव्यक्तिगत रुपमा दिक्षितलाई नचिन्ने भनेर पनि  विज्ञप्तिमा अख्तियारले प्रष्ट पारेको छ। अख्तियारको आपत्तिले नेपालमा फेरि एक पटक तरंग ल्याएको छ। अब हेर्न बाँकी छ न्युयोर्क टाईम्सले आपत्तिलाई कसरी लिन्छ ?

आयोगले न्यूयोर्क टाइम्सलाई लेखेको पत्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ