arrow

कमल थापा सेतीमा डुबेर बेपत्ता

logo
जगदीस रोकाया,
प्रकाशित २०७३ जेठ २ आइतबार
bajhang.jpg.jpeg
बझाङ । जनप्रिय उमाबि बगडगाँउ परिक्षा केन्द्रमा ११ कक्षाको परिक्षा दिन आएका पाटादेबल गाबिस ९ बयाना घर भएका कमल कुमार  थापा आईतबार सेती नदीमा बेपत्ता भएका छन् ।परिक्षाको पहिलो दिन अग्रेजी बिषयको परिक्षा दिई सकेपछि दिउसो खाना खाएर मालुमेला  नजिकै सेती नदीमा नुहाउन लाग्दा सेतीले बगाएको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
साथीहरु संग नुहाउन गएका थापाले पौडी खेलेर नदी पार गर्न खोजे पछि उनि बगेका हुन् । कालुखेती गाबिसको खप्तड उमाबिमा अध्यारत १५ बर्षिय कमल को बेपत्ता भएपछि स्थानिय बासी र प्रहरीले खोजी गरे पनि हिउ पग्लेर सेती धमिलो भएका कारण लास फेला नपरेको मटेला प्रहरी चौकीका प्रहरी जवान गणेश बुडालले बताए । आईतबार देखि सन्चालन भएको कक्षा ११ को परिक्षा दिन बगडगाँउ आएका थापा मालुमेलामा डेरा गरि बसेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ